पत्रकार लामिछाने र कँडेलको रिहाईको माग गर्दै बागलुङमा जुलुस प्रदर्शन !

कोपिला कँडेल, बागलुङ २०७६ भदौ २ । आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवी लामिछाने र पत्रकार युवराज कँडेलको रिहाईको माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ । युथ अफ बागलुङले पत्रकार रबि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै बागलुङमा दवाब मुलक र्याली पर्दशन गरेको हो ।

बागलुङको लोकतान्त्रिक चोकबाट सुरु भएको र्याली बाजरका बिभिन्न भागको परिक्रमा गरी गरि धौलागिरी चोक पुनः लोकतान्त्रिक चोकमा पुगेर टुङ्गिएको थियो । उनीहरुले लामिछाने र कंडेललाई रिहा गर लगायतका नारा लगाउँदै बागलुङ बजार परिक्रमा गरेका थिए ।

पक्राउ परेको पत्रकार लामिछाने र कँडेलको निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न उनिहरुले माग समेत गरे । शालिकराम पडासैनीको आत्माहत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले गत साउन ३० गते तीन पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.