बुर्तिवाङ स्वास्थ्य केन्द्रमा एक महिनामा ५३ जना गर्भवती महिलाको सुरक्षित प्रसुती !

बुर्तिवाङ २०७६ भदौ २ । केहि समय पहिले सम्म निसीभूजी क्षेत्रबासीहरुलाई सुरक्षित प्रसुति सेवाका लागी पाल्पा/बुटवल जानुपर्ने अवस्था अब नरहेको निसीभूजीवासीले बताएका छन् ।

गर्भवती महिलाहरुलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसुति सेवा (सुविधा) उपलव्ध हुन थालेपछी यो स्थिति आएको स्थानीयले बताएका छन् ।

गत साउन महिनामा मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा झण्डै पाँच दर्जन गर्भवती महिलाहरुले प्रसुती सेवा लिएका छन् । यति ठुलो संख्यामा प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएको यो पहिलो पटक भएको स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।

स्वास्थ्य केन्द्रमा कार्यरत डा दिलिप कोजुले दिएको जानकारी अनुसार प्राथमिक स्वास्थ्य केन्द्रबाट एक महिनामा ३ जना गर्भवती महिलाहरुको अपरेशनबाट, ११ जना मिति काटेका गर्भवती महिलाहरुको औषधि प्रयोग गरेर सुरक्षित प्रसुति गराईएको थियो भने ४० जना गर्भवती महिलाहरुलाई नर्मल डेलिभरी गराईएको थियो ।

गर्भवती महिलाहरुको सुरक्षित प्रसुतीवसेवाले मात्र नभएर पछिल्लो समय स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने अन्य सेवाहरुपनि निकै सफल र प्रशंसनीय रहेको यसक्षेत्रका जनतामा विश्वास रहेको छ । स्वास्थ्य केन्द्रको बहिरंग सेवामा उपचारार्थ आउने विरामीहरुको संख्यापनि उल्लेख्यरुपमा बढेको स्वास्थ्य केन्द्र्रले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.