विश्व फोटोग्राफर दिवसमा मानवसेवा आश्रमलाई सहयोग हस्तान्तरण !

बागलुङ २०७६ भदौ २ । फाटोग्राफर संघ बागलुले १८० औ विश्व फोटोग्राफर दिवस स्थानीय मानवसेवा आश्रमलाई नगद रु ५ हजार सहयोग गर्नुका साथै आश्रम रहेका लाई फलफुल वितरण गरेर मनाएको छ ।

कार्यक्रम फोटोग्राफर संघ बागलुका अध्यक्ष नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको उद्घाटन संघका संस्थापक अध्यक्ष गगनलाल शाक्यले गरेका थिए ।

सो अवसरमा अध्यक्ष गौतमले फोटोग्राफी ईतिहासका बारेमा प्रकाश पारेका थिए भने संस्थापक अध्यक्ष शाक्य, कानूनी सल्लाहकार अधिवक्त हरिप्रसाद गौतमले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामाले आश्रमका बारेमा जानकारी गराएकी थिईन् । कार्यक्रमको सन्चालन सचिव आत्माराम पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.