स्वास्थ्य चौकीबाट गर्भवती महिलालाई नि:शुल्क अण्डा र आयोडिनयुक्त नुन उपलब्ध गराइने !

झम सिर्पाली, निसिखोला बागलुङ २०७६ भदौ २ । निसीखोला गाउँपालिकाका स्वास्थ्य चौकीहरुबाट गर्भवती महिलाहरुलाई निशुल्क अण्डा र आयोडिनयुक्त नुन उपलब्ध गराइने भएको छ । गाउँपालिकाको आ।व। २०७६र७७ को कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा संचालन गर्ने गरि ल्याएको कार्यक्रम आज एक औपचारिक कार्यक्रम गरि शुभारम्भ गरिएको छ ।

ग्रामीण क्षेत्रका महिलाहरुमा अझैपनि गर्भवती समयमा निरन्तर स्वास्थ्य जाँच नगराउने समस्याको समाधान गर्नुका साथै अण्डा र आयोडिन युक्त नुनले आवस्यक प्रोटिन तथा आयोडिनको मात्र पूरा गरि आमा र बच्चा दुबैको स्वास्थ्यलाई स्वस्थकर बनाउन समेत सहयोग पुग्ने उदेश्यले यस्तो कार्यक्रम लिईएको निसीखोला गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शोभाकुमारी कार्कीले जानकारी दिईन ।

कार्यक्रमको आज देविस्थान स्वास्थ्य चौकीमा १६ जना गर्भवती महिलालाई अण्डा र नुन दिएर शुभारम्भ गरिएको थियो । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शोभा कुमारी कार्कीको प्रमुख आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर चन्द तथा सुआहाराका फिल्ड सुपरभाइजर बेली भुजेल लगायतको आतिथ्यता रहेको कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समिति एवं वडा नं १ का अध्यक्ष इन्द्र मल्लको अध्यक्षता तथा स्वास्थ्य चौकी इन्चार्ज मुक्तिनाथ लोहनीको संचालनमा सम्पन्न भएको थियो ।

प्रत्येक गर्भवती महिलाले पहिलोपटक ४ महिनामा दोश्रोपटक ६ महिनामा तेश्रोपटक ८ महिनामा र अन्तिमपटक ९ महिनामा स्वास्थ्य जाँच गराउन आउँदा यो सेवा उपलब्ध हुने स्वास्थ्य चौकी इन्चार्ज लोहनीले बताए । यो सेवा निसिखोला गाउँपालिका अन्तर्गतका देविस्थान स्वास्थ्य चौकी, राजकुत स्वास्थ्यचौकी, बोहरागाउँ स्वास्थ्य चौकी तथा निसी स्वास्थ्य चौकीबाट प्राप्त हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.