पर्वत फोटोग्राफर संघ व्दारा ठुलीपोखरीका मृगौला पीडित परियारलाई आर्थिक सहयोग !

निर्मल पौडेल, पर्वत २०७६ भदौ २ । १ सय ८० औँ विश्व फोटोग्राफी दिवशको अवसरमा पर्वत फोटोग्राफर संघले कुस्मा नगरपालिका १२ ठुलीपोखरीका दुवै मृगौला पीडित विष्णु वहादुर परियारलाई नगद रु ८ हजार १ सय ५ रुपैँया आर्थिक सहयोग गरेको छ ।

आज पर्वत उद्दोग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग रकम पीडितकी श्रीमती लक्ष्मी परियारलाई हस्तान्तरण गरिएको हो । रकम पर्वत उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा मार्फत हस्तान्तरण गरिएको फोटो ग्राफर संघ पर्वतले जानकारी दिएको छ ।

सो अवसरमा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शर्माले फोटो ग्राफर संघले गरेको सहयोग निकै सह्रानीय भएको वताए । शर्माले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएका दुवै मृगौला पीडित परियारको उपचारका लागि अन्य सहयोग जुटाउन आफ्नो ठाउँवाट पहल गर्ने जिकिर गरे ।

यस्तै फोटो ग्राफर संघ पर्वतका अध्यक्ष वहादुर नारायण केसीले फोटो ग्राफर संघ पर्वतले अन्य विविध कार्यमा हुने फजुल खर्चको कटौती गरी पीडित परियारको उपचारमा थोरै भएपनी राहत होस भन्ने हेतुले उक्त रकम हस्तान्तरण गरिएकोे वताए । केसीले पीडितको उपचारमा अन्य सहयोगी व्याक्ति तथा संघ संस्थालाई पनी सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

रकम वुझ्दै पीडितकी श्रीमती लक्ष्मीले पछ्यौरीले आँसु पुछ्दै भनिन् । “श्रीमान काठमाण्डौको वुलन्दसिटी नेश्नल डायलाइसिस ट्रमा सेन्टरको वेडमा छटपटिरहेका छन् । जीवन र मृत्यु संग लडिरहेका छन्। अहिले सम्म १० लाख खर्च भैसक्यो । कसैले सहयोग गर्नुहुन्छकी भन्ने आसले भौतारीएर सहयोगको अपिल गदै हिँडिरहेकी छु । लामो स्वास फेरेर घुँक्क गर्दै वोली पु¥याउन सकिनन् । कृपया मेरो श्रीमान लाई वचाँउन सहयोग जुटाईदिनुस् । अहिले महिनामा ३ पटक डायलाइसिस गर्नुपर्छ व्लडको लागि इन्जेक्सन लगाईराख्नु पर्छ । आँफूसंग भएको, इष्टमित्र संग ऋण काडेको र सहयोगी हरुले दिएको सवै पैसा सकियो । पहिले आमाले मृगौला दिने भन्नुभएको थियो पछि आएर मान्नुभएन । म आँफुले नै दिन्छु भनेकी छु तर मृगौला ट्रान्सप्लान्ट गर्दा १० लाख लाग्ने डाक्टरले वताएका छन् । अव हामी जस्तो गरिवले कहाँवाट जुटाउनु ।” आर्थिक अवस्था कमजोर भएका परियारको दुवै मृगौलाले काम नगरेपछी घरपरिवारमा समेत कोलाहल भएको छ । विगत १० महिना देखी कामाण्डौको गोँङ्गवुमा कोठा भाडामा लिएर श्रीमानको उपचार गराईरहेकी छिन् । उनी केहि दिन अगाडी सहयोग जुटाउन पर्वत आएकी हुन् । पीडित परियारका एक छोरा र एक छोरी रहेका छन् । परियारले आफ्नो जीवनमा कहिल्यै सुखको अनुभुती गर्ननै पाएनन् । सामान्य परिवारमा जन्मेका परियार वाल्यकालमा अरुको मेला गर्दै हुर्के पछि विवाह भएर वालवच्चा भएपछी परिवारहरुको पेट पाल्ननै पाल्न धौ धौ भो ।

कताकता वाट ड्राईभरको जागिर पाए । त्यसले पनी नपुगेपछी त्यो छाडेर पैसा कमाउने ठुलो सपना देखेर वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका परियार विरामी भएपछी घर फर्किए । पैसा कमाएर घरपरिवार संगै रमाएर हाँसी खुशीका साथ जीवन व्यतीत गर्ने सपना त तुहियो नै विचारा ऐले उपचार गर्ने पैसा नभएर अस्पतालको वेडका जीवनको भिख मागिरहेका छन् । जिन्दगीमा आपत विपत सवैलाई पर्ने गर्दछन् तर परियारको जस्तो कसैलाई नपरोस् । धर्म कमाउन कुनै मठमन्दिर जानु पर्दैन मानवियता दर्र्शाएर यस्तै पीडित लाई सहयोग गरे पीडितले नयाँ जीवन पाउँछन् भने सहयोग गर्नेलाई पनी पुण्य मिल्छ सेवानै धर्म हो । तपाईँको सानो सहयोग पीडितको दुखेको घाउलाई शितलताको मल्हम हुनेछ । सहयोग गर्न इच्छुकले पीडितकी श्रीमतीको मोवाईल नम्वर ९८२१३९७७९९ मा सम्पर्क गर्न सक्नु हुनेछ । कार्यक्रम फोटोग्राफर संघ पर्वतका अध्यक्ष नारायण केसीको अध्यक्षता उपाध्यक्ष रमेश श्रेष्ठको सञ्चालन र सचिव विजयराज जैशीले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.