सरकारका नीति नियम सहकारीलाई खुम्च्याउने खालका भए -पौडेल

सुमन जि.सी लमजुङ २०७३ पुस २३ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक सदस्य चण्डिप्रसाद शर्मा पौडेलले नेपालको सहकारी अभियानले पु¥याएको योगदानको अभिलेखीकृत हुनुपर्ने बताएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. लमजुङको १९ औँ वार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै पौडेलले सो कुरा बताएका हुन् ।

पौडेलले नेपालको संविधानले सहकारीलाई आर्थिक विकासको ३ खम्वा मध्येको १ वटा खम्वाको रुपमा लिएतापनी सरकारले बनाएका अन्य नीति नियमहरु सहकारीलाई खुम्च्याउने खालका भएको बताउदै अर्थ समितिमा छलफलका क्रममा रहेको सहकारी ऐनमा यी सबै कुराहरुलाई व्यवस्थापन गरेर नेपालको सहकारी अभियानलाई अग्र स्थानमा लैजान केन्द्रीय संघहरु प्रयासरत रहेको खुलासा गरे । नेफ्स्कूनको फिल्ड कार्याललय लमजुङका संयोजक समेत रहेका पौडेलले नेफ्स्कूनले लमजुङका सहकारी संस्थाको संस्थागत विकास तथा क्षमता अभिवृद्धीमा सधै सहयोग र सहकार्य गर्दे अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा उपस्थित महिला प्रतिनीधिहरुको तर्फवाट कमला श्रेष्ठ, पुरुष प्रतिनीधिहरुको तर्फवाट अग्नी विलास अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष दुर्गाभक्त धमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा संघको वार्षिक, आर्थिक र लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन संघका महासचिव कुलनीधि दनाईले गरेका थिए ।
लमजुङ जिल्लामा दर्ता भएका ३१६ वटा सहकारी संस्थाहरु मध्ये १३९ बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् र ति मध्ये ९४ वटा संस्था संघमा आवद्ध रहेका छन् ।

यसैवीच मस्याङदी कल्याणकारी साकोसको ८ औं वार्षिस साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक सदस्य चण्डिप्रसाद शर्मा पौडेलले सदस्यहरुको सन्तुष्टीनै सहकारी संस्थाको अन्तीम लक्ष्य भएकाले सदस्यको आर्थिक उन्नती व्यवसाय प्रवद्र्धन, क्षमता अभिवृद्धि लगाएतका कुरामा संस्थाले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । पौडेलले अवका सहकारी संस्थाहरुले आफ्नो भुमीकालाई समयको माग अनुसार परिस्कृत गर्दै सदस्यहरुको माग, चाहाना र आवश्यकतालाई ध्यानमा राखी कार्यक्रमहरुको तर्जुमा गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष लक्ष्मण चिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत पूर्व अध्यक्ष धननाथ चिलवाल र सञ्चालन सचिव खगराज नखौलाले गरेका थिए । कार्यक्रमममा संस्थाको वार्षिक, आर्थिक र लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साधारण सभामा विविध सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रम पनी गरिएको थियो । संस्थाले आजकै दिनदेखी रेमट्यिान्स सेवको सञ्चालन गरेको पनी घोषणा गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *