खानेपानीको जोहो कै लागि अब ईस्मेलीलाई एक बिहान बिताउनु पर्दैन !

खानेपानी आयोजना सञ्चालनमा आएपछि ईस्माका स्थानीय हर्षित !

मनु सुनार, गुल्मी २०७६ भदौ २ । ‘पहिले–पहिले खोलामा पुगेर पानी बोक्नुपथ्र्यो । केटाकेटीहरुले पानी बोक्दा स्कुल जान पाउँदैन्थे । अहिले त सजिलो भएको छ ।’ निकै हर्षित मुद्रामा उनले भनिन्, ‘केटाकेटी समयमै स्कुल जान पाएका छन् । समयको बचत भएको छ ।’ यो भनाई हो, ईस्मा गाउँपालिका २ की गौमती कुमालको । यतिबेला उनी आफ्नो आगनमा पानीको धारो निर्माण भएपछि खुसी छिन् । उनलाई पहिले जस्तो खानेपानीको जोहो कै लागि एक बिहान बिताउनु पर्दैन ।

विगत लामो समयदेखी खानेपानीको चरम् अभाव खेपेका ईस्मा गाउँपालिका २ का गौमती जस्ता धेरैको खानेपनीको चिन्ता दूर भएको छ । स्थानीयको यो समस्या दूर गरेको हो, नेपाल रेडक्रस सोसाइटीको विपत् उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल (CORD) कार्यक्रमले ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ईस्मा गाउँपालिका २ मा राताचौर खानेपानी आयोजना सञ्चालनमा आएसँगै स्थानीय हर्षित भएका छन् । प्रत्येकका घरघरमा पानीको धारा पुगेको छ ।

‘पानीले छयाल–ब्याल भएको छ । दुःख पनि ग-र्यो ।’ स्थानीय कुल बहादुर कुमालले भने ‘रेडक्रसले ठुलो सहयोग ग-र्यो ।’ अहिले घरमै पानीको धारा आएपछि खानेपानीको समस्या टरेको उनले बताए ।

खानेपानीको समस्या भोगेका वडा नं–२ मा सीमान्तकृत कुमाल समुदायको बसोबास रहेको छ । त्यस वडामा ४२ घरधुरी रहेका छन् । अहिले त्यहाँ प्रत्येकका घरघरमा खानेपानी धारा सजिएका छन् ।

‘बिहान उठेपछि घरको एकजनालाई त घैटो बोकेर पधेँरामा धाउँनुपथ्र्यो । समय पनि धेरै लाथ्र्यो ।’ फत्त बहादुर कुमालले भने ‘पानिको समस्याले नियमित कामलाई पनि प्रभाव पारेको थियो ।’ अहिले धेरै सहजता आएको उनले बताए ।

‘खानेपानीको समस्याको निकाश खोज्न स्थानीयले जनप्रतिनिधिलाई धेरै पटक गुहारे पनि सुनुवाई नएको बेदादी सामुदायिक विपद् व्यवस्थापन समिति इस्मा राताचौरका अध्यक्ष यम बहादुर कुमालले गुनासो व्यक्त गरे ।

उनले थपे ‘खानेपानी ल्याउन स्थानीय पनि एकजुट भयौँ । रेडक्रसको सहयोगमा रह्यो । अहिले स्थानीय निकै हर्षित छौँ ।’ रेडक्रसको सहयोग उल्लेखीय रहेको उनले बताए । खानेपानी आयोजनाको संरक्षणका लागि स्थानीय सरकारलाई सहयोगका लागि आग्रह समेत गरे ।

राताचौर खानेपानी आयोजना रु १२ लाख ४० हजार ६ सय ३ रुपैँया कुल लागतमा बेदादी सामुदायिक विपद् व्यवस्थापन समिति मार्फत सम्पन्न गरिएको हो । जसमा नेपाल रेडक्रस् सोसाइटीको विपत् उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रमव्दारा प्राप्त रु ९ लाख ४८ हजार ३ सय ४६ रुपैँया तथा समुदायको योगदानतर्फ २ लाख ९२ हजार २ सय छ रुपैँया लागत रहेको छ ।

खानेपानी आयोजनाको भव्य रुपमा उद्घाटन् !

रातचौर खानेपानी आयोजनाको आईतबार भव्यताका साथ उद्घाटन गरिएको छ । जिल्लाको ईस्मा गाउँपाकिा वडा नं–२ राताचौरमा नेपाल रेडक्रस सोसाइटीको विपत् उत्थानशील समुदाय निर्माणका लागि सामुदायिक पहल कार्यक्रमव्दारा निर्मित राताचौर खानेपानी आयोजनाको उद्घाटन् गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति अनुप कुमार श्रेष्ठले खानेपानी आयोजनाको रिबन काटेर उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गदै सभापति श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले पुलको काम गरेको बताए ।

रेडक्रसले स्वास्थ्य सम्बन्धी पनि सहयोग गर्नुपर्छ भन्ने नीति लिएर सबैभन्दा महत्वपुर्ण स्वस्थ पानीका लागि स्थानीय सरकारको एक घर एक धारा नीतिलाई सहयोग गर्ने गरी खानेपानी आयोजना सम्पन्न भएको उल्लेख गरे ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय व्यवस्थापक भोजराज घिमिरे तथा नेपाल रेडक्रस सोसाइटी गुल्मीका कोर्ड कार्यक्रम अधिकृत डी.बी पछाईले योजनाको दिर्घकालिन रुपमा प्रयोगका लागि संरक्षणतर्फ ध्यान पु¥याउन आग्रह गरे ।

ईस्मा गाउँपालिका वडा नं १ का वडाअध्यक्ष चुरा बहादुर खत्री तथा वडा नं–२ का वडाअध्यक्ष टीका बहादुर रेस्मीले नेपाल रेडक्रस सोसाईटीले गरेको कार्य उदाहरणीय कार्य गरेको बताए । पिछडिएको समुदायमा खानेपानी आयोजना सफल रुपमा सम्पन्न हुनु यस क्षेत्रकै विकासले काचुली फेरेको बताए ।

बेदादी सामुदायिक विपद् व्यवस्थापन समिति इस्मा गाउँपालिका वडा नं– २ राताचौरका अध्यक्ष यम बहादुर कुमालको अध्यक्षता रहेको खानेपानी आयोजना उद्घाटन कार्यक्रममा सदस्य प्रेमलाल मरासीनीको स्वागत तथा सचिव लोकनाथ आर्चायले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.