मुसलधारे वर्षाका कारण आएको भलले बगाएर ८ वर्षिया बालिकाको मृत्यु !

बडीगाड २०७६ भदौ १ । आज ४ बजे पछी परेको मुसलधारे वर्षालेबडीगाड गाउपालिकामा एक ८ वर्षिया बालिकालाई भलले बगाएर मृत्यु भएको छ । स्थानीय बुद्धिबहादुर परियारकी ८ वर्षिया छोरी शर्मिला परियार बिद्यालयबाट घरतिर आउदै गर्दा थाम्का सैरेनी मोटरबाटोको थम्का दोबटा भन्ने ठाउँमा माथीबाट आएको भेल तर्न लाग्दा बगाएर उनको मृत्यु भएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिएका छन् ।

स्थानीय डाँफेपातल आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत शर्मिला परियार ५ बजेको समयमा घरतिर फर्कदै गर्दा आफ्नी काकीको हात समातेर उक्त मोटरबाटोमा आएको भल तर्न लाग्दा भलले बगाएर उनको मृत्यु भएको थियो । उनलाई भलले ६/७ सय मिटर तल पुराएको प्रत्यक्षदर्शीले बताएका छन् । आजको भीषण वर्षाले बडीगाड गाउपालिकाको विभिन्न स्थनमा क्षेती पुराएको हुन सक्ने स्थानीयको भनाई छ ।
तस्वीर- वडाध्यक्ष कृष्ण गुरुङको फेसबुकबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.