वामीटक्सारको सामुदायिक रेडियो पुष्पाञ्जली सातौ बर्षमा प्रवेश !

अनिश शर्मा गैरे, वामीटक्सार २०७६ भदौ १ । सामुदायिक रेडियो पुष्पाञ्जली आइतवारबाट सातौ बर्षमा प्रवेश गरेको छ । सुचना सञ्चार, कृषि, पर्यटन बिकास र समुन्नत समाज निर्माणको लागि सामुदायिक रेडियो पुष्पाञ्नजली भन्ने नारा सहित २०७० साल जेड २८ गतेबाट परीषण प्रशारण सुरु गरेको रेडियोले नियमित प्रशारण भने सोही बर्ष भदौ एक गते अर्थात आजकै दिनबाट सुरु गरेको थिए ।

गुल्मीको ग्रामीण क्षेत्रकै एकमात्र सामुदायिक रेडियो पुष्पाञ्जलीले सातौ बर्षसम्म आइपुग्दा विभिन्न समस्याहरु चिर्दै आफ्नै भवन बनाउन सफल भएको छ । केही प्राविधिक व्यवस्थापन गरेपछि यही भाद्र महिनाबाटै रेडियो नियमित रुपमा आफ्नै भवनबाट प्रशारणमा आउदैछ ।

गुल्मीको वामीटक्सारबाट सञ्चालीत यस रेडियोले बिहान ८ बजे तथा बेलुकी ७ बजे सत्य तथ्य खबरहरुको संगालो पुष्पाञ्जली खबर प्रशारण गर्दे आएको छ भने राष्ट्रिय स्तरका समाचारमुलक प्रस्तुतीहरु तथा बिभिन्न समसामयिक बिषयहरुमा बहस समेत प्रशारण हुन्छन । त्यसै गरी बिबिध ज्ञानबद्र्धक, मनोरञ्जनात्मक, तथा समाजमा उत्तरदायित्व बोध गर्ने खालका प्रस्तुती हरु प्रशारण गर्दै आइरहेको यस रेडियोले अधिक मात्रामा समाचारहरु प्रस्तुत गर्ने गरेको छ । रेडियो बिहान ५ बजेदेखी राती १० बजेसम्म प्रशारण हुने गरेको छ ।

देशकै चौथो अँगको रुपमा स्थापित पत्रकारीताको मुल मर्मलाइ अँगाल्दै गुल्मीको मुसिकोट नगरपालिका सहित जिल्ला तथा जिल्लाबाहिरमा समेत संघीयता कार्यान्वयन र यसले राखेका उद्धेश्यहरु पुरा गर्नको निम्ती महत्वपुर्ण भुमिका निर्वाह गरेको सातौ बर्ष प्रवेशको अवसरमा रेडियो परिवारले निष्कर्ष निकालेको छ । त्यसैगरी लैँगीक समानता कायम गर्न लैँगिक भेदभाव विरुद्धको अभियान सञ्चालन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बिशेष सचेतना दिने र समाजमा उच्च काम गरेका व्यक्ति तथा संस्थालाइ प्रोत्साहन गर्ने गरी समाचारमा एक बिशेष स्तम्भ नै बनाएर कार्यक्रम गर्दै आइरहेको छ । जसले लैँगिक समानता कायम गर्न मद्धत पुगेको र नागरीकको स्वास्थ्य सम्बन्धी जानकारी गराइ स्वस्थ नागरीक बनाउनमा पनि रेडियोले योगदान दिएको पनि सातौ बर्ष प्रवेश गर्दे गर्दाको आजको दिनमा निष्कर्ष निकालिएको छ । रेडियो पुष्पाञ्जलीले गुल्मीको मुसिकोट नगरपालिका सँग प्रत्यक्ष निकट सम्बन्धमा रही नगरपालिकाले राखेका उद्धेश्यअनुसारको काम गर्न सुचना र सञ्चारको माध्यमबाट सहयोग पनि गर्दै आइरहेको छ ।

अबको दिनमा रेडियोले जनताको प्रत्यक्ष जीवनस्तर सँग जोडिने खालका कार्यक्रम उत्पादन प्रशारण गर्ने गरी अघि बढ्ने रेडियोका अध्यक्ष सुदर्शन शाक्यले बताए । उनले आउने दिनमा समाजमा सकारात्मक परिवर्तनको एक हिस्सा बन्ने गरी रेडियो नया बलका साथ अगाडी बढ्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.