कानून भन्दा माथि पत्रकारपनि छैनन् , कानून उल्लंघन गरे पत्रकारलाई पनि कारबाही हुन्छ : मन्त्री बास्कोटा

कोपिला कंडेल, बागलुङ २०७६ भदौ १ । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकार धमाधम लगानी र उत्पादन तर्फ लागेको बताएका छन् । ढोरपाटन राष्ट्रिय दैनिकको १६ औ बार्षिकोत्सवका अवसरमा संघियतामा सम्मृद्धि बिषयक बहस कार्यक्रमको शनिबार बागलुङमा उद्घाटन गर्दै उनले सम्मृद्धिको मुख्य मुद्दा सफल बनाउन सरकार लागि परेको दाबी गरे । सम्मृद्धि र बिकासको काममा बिपक्षी दलपनि एउटै बाटोमा हिड्नुपर्ने भन्दै मन्त्री बास्कोटाले संबिधानको मर्म अनुसार डेमोक्रेसी र बिकासको बाटो पक्ष र बिपक्षी दुबैको भएको बताए ।

राजतन्त्रको भुत बोकेर हिड्नेहरु डायनोसर जस्तै हुने आरोप लगाउदै बास्कोटाले कानुन उल्लंघन गरेमा पत्रकारलाई पनि कारबाही हुने चेतावनी दिए । मिडिया बिकाउको हिसावले तथानाम लेख्ने गरेको चर्चा गर्दै मन्त्री बास्कोटाले कानुन नमान्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । कानुन भन्दा माथि पत्रकार पनि होईनन् मन्त्री बास्कोटाले भने ,स्वतन्त्रता भनेको छाडा पन होईन । उनले संघिय शासन व्यवस्थालाई सफल बनाउनका लागि संचारमाध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रिय महासचिव रमेश बिष्ट संघिय सांसदव्दय देबेन्द्र पौडेल, डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपाली र नेपाल पत्रकार महासघंका पुर्ब केन्द्रिय महासचिव उजिर मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा पुर्ब राज्यमन्त्री तथा बागलुङमा पहिलो पटक पत्रिका शुरुआत गरेका हस्तलिखित पत्रिका सहि बाटोका सम्पादक ओमकार प्रसाद गौचनलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो । पत्रिकालाई बिभिन्न माध्यमबाट सहयोग पुर्याउने स्तम्भकार कृष्ण कुमार सैजु कर्मचारी देबी नबिना बिक बिज्ञापन दाता शोभा अर्याल लगायतलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक हरि नारायण गौतमको अध्यक्षता कार्यकारी सम्पादक रामकृष्ण बोहोराको स्वागत मन्तब्य र पत्रकार व्दय बासुदेब मिश्र र तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर- किरण आचार्य, फोटो सम्पदक ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.