प्रवास : कतार नेपाली एकता समाजव्दारा दुर्गा खरेलको विदाई !

उद्धव मगर दोहा कतार २०७६ भदौ १ । कतार नेपाली एकता समाज केन्द्रिय समितिले एक कार्यक्रमको आयोजना गरी नेपालबाट आएकुा दुर्गा खरेललाई सम्मान तथा शुभकामनाका साथ विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता हेमन्त वाईवा, अतिथी दुर्गा खरेल सचिवालय सदस्य लुमाकान्त पुन, सचिव विष्णु थापा, कोषाध्यक्ष राम इन्दल थिंङ्ग, रहेको थियो भने कार्यक्रम सञ्चालक संस्थाका महासचिव खिम बुढा मगरको रहेको थियो ।

यस कार्यक्रमलाई आफ्ना शब्दले स्वागत मन्तव्य राख्दै थम्मन थापाले शुमकामना समेत दिएका थिए । त्यस्तै शुभकामना दिने क्रममा लुमा कान्त पुन, विष्णु थापा, हेम थापा, राम ईन्दल थिङ्ग, गिरी काउछा, मीनराज पुन, प्रिजल राई, टिकाराम वटला, रहेको थियो भने अथिती दुर्गा खरेलले पनि आफ्ना केही भनाई राख्दै कतार नेपाली एकता समाज केन्द्रिय समितिले आफुलाई यहाँसम्म आउने वातावरण बनाई दिएकोले यस कतार नेपाली एकता समाजका सिंङ्गो केद्रिय समितिलाई धन्यवाद दिए ।

अन्तमा यस कार्यक्रमका अध्यक्ष हे्मन्त वाईवाले कार्यक्रम सफल र शानदाररुपमा समापन भएको घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.