खर्वाङमा सामुदायिक विद्यालयका शिक्षकहरुको कार्यशाला सम्पन्न

कमल पौडेल, खर्बाङ २०७६ साउन ३२ । बडीगाड गाउँपालिका भित्र अंग्रेजी माध्यम सञ्चालन गरेका सामुदायीक विद्यालयका शिक्षकहरुको लागी २ दिने प्रश्नपत्र निर्माण सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । त्रिभुवन नमुना माध्यमिक विद्यालय वडीगाड गाउँपालिका वडा नं. २, खर्वाङको व्यवस्थापनमा सम्पन्न भएको तालिममा ६० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

सो तालिममा विषयगत रुपमा शिक्षकहरुलाई विभाजन गरि प्रश्नपत्र निर्माण गर्दा ध्यानदिनुपर्ने आधार, पठनपाठनमा ल्याउन सकिने एकरुपता लगाएतको विषयमा छलफल र निचोड निकालिएको छ ।

सो कार्यशाला पछि निकै फाइदा भएको तथा नमुना प्रश्न पत्र तथा कक्षा संचालन गरिएको त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारीले बताए ।

कार्यक्रममा त्रिभुवन नमुना मावि सहित भानु मावि, खड्क देवी मावि, खार मावि, पौंदीटारी निमावि, लगाएतका अंग्रेजी माध्यम संचालन गरेको विद्यालयहरुको सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.