बागलुुङमा गोजुरियो कराँतेको राष्ट्रिय प्रशिक्षण सम्पन्न !

चन्द्र बहादुर क्षेत्री, बागलुङ २०७६ साउन ३२ । नेपाल गोजुरियो कराँते दो संघ बागलुङको आयोजना तथा सन्राइज साखा डोजोको संयोजनमा बागलुङमा सञ्चालित २ दिने गोजुरियो कराते राष्ट्रिय पुनर्ताजगी तालिमको शनिवार समापन भएको छ ।

स्थानिय व्राउन आइज पार्टी प्यालेसमा आयोजित पुनर्ताजगी तालिमको साउन ३१ गते पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, गण्डकी प्रदेशका अध्यक्ष सम्पन्न श्रेष्ठले उद्घाटन गरेका थिए ।

शनिवार आयोजित समापन कार्यक्रममा सहभागी खेलाडीहरुलाई प्रमाण पत्र वितरण गर्दै विशिष्ट अतिथि नेपाल गोजुरियो कराते दो संघ एवं एसियाली गोजुरियो कराते दो संघका महासचिव तथा दक्षिण एसियाली कराते महासंघका कार्यकारी सचिव एवं प्रशिक्षक बलराम मित्रले खेलाडीहरुलाई राज्यले प्रोत्साहन दिन नसकिरहेको अवस्थामा बागलुङमा सञ्चालित सन्राइज डोजोका खेलाडीहरुले राष्ट्रिय , अन्तराष्ट्रिय खेलमा भाग लिई गत बर्ष इन्डोनेशियामा आयोजना गरिएको एसियाली गोजुरियो कराँते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरि नेपालको सान बढाएकोमा खुसी व्यक्त गर्दै यस पाली बागलुुुुङमा सञ्चालित प्रशिक्षणले आगामी सेप्टेम्वरमा मलेसियामा आयोजना हुने विश्व गोजुरियो कराते प्रतियोगितामा पनि नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

विभिन्न जिल्लाका ६० जना खेलाडीहरु सहभागी भएको तालिमको समापनको अवसरमा विशिष्ट अतिथि वि.आर. मित्रलाई सन्राइज डोजोको तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल गोजुरियो कराते दो संघकी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पुष्पाकुमारी क्षेत्री र सञ्चालन यम पोख्रेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.