आजको तस्वीर : डुंडुंगामा किन पुग्दैन प्राधिकरणको आँखा ?

नारायण गौतम, बागलुङ २०७६ साउन ३२ । बागलुङ नगरपालिका २ श्रीनगरटोल देखी केहि माथी रहेको डुंडुंगा बजारमा एक रुखको बिचोबिचबाट बिजुलीको तार गएको छ । कुनैपनि समय ढल्ने अवस्थामा रहेका रुखको बीचमा बिजुलीको नाँगो तार देखेर डुंडुंगाबासीहरु त त्रसित नै छन्, त्यस बाटो भएर आवत जावत गर्ने यात्रुहरु पनि रुख र विजुली तारको सामिप्यताले लामोलामो पाईला चालेर सडक पार गरेको देखिन्छ ।

ढल्ने स्थितिमा पुगेको त्यस रुखको व्यवस्थापनका लागी रुख मालिक वा नगरपालिका कस्को जिम्मेवारी हुन्छ त्यो नगरपालिकाले नै छिटो टुगो लगाएर स्थानीयवासीलाई भयरहीत भएर आवत गर्न र सुरक्षित बनाउनु पर्ने स्थानीयको गुनासो रहेको छ ।

र, खासगरी नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको यसतर्फ अबिलम्क दृष्टि पुग्नु जरुरी छ । रुख ढल्यो भने विद्युत तार चुँडिएर मानवीय क्षेती हुने सम्भावनालाई रोक्न प्राधिकरण नै बढी जिम्मेवार हुने अवस्था छ ।

बागलुङ नगरपालिका, स्थानीयवासी र विद्युत प्राधिकरणले समन्वय गरी जति सक्दो छिटो यसको समुचित व्यवस्थापन गरेर अनेपेक्षित दुर्घटनाबाट रोकौँ । कुनैपनि समय दुर्घटना हुने सक्ने अवस्थामा रहेको रुख र विजुलीको तारलाई उचित व्यवस्थापन गरी डुंडुंगा बजारबासीलाई सुरक्षित बनाउन त्यहाँ विद्युत प्राधिकरणको आँखा किन पुगेन ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.