जलाशययुक्त उत्तरगंगा हाईड्रोपावर परियोजना ढोरपाटनमै बन्छ !
उत्तरगंगा हाईड्रोपावर परियोजना ढोरपाटन या रुकुममा बनाउने भन्ने विवदका कारण ढिलाई – तिमिल्सिना!

पोखरा फर्कदा खराब मौसमका कारण तिमिल्सिना द्धढेको हेलिकप्टर रुकुममा अवतरण !

सुमन सुनार, बुर्तिबाङ २०७६ साउन ३२ । ढोरबराह, बनबुकी जलाधार तथा मन्दीर सम्बद्र्धन, संरक्षण समितिव्दारा जनैपुर्णीमाको अवसरमा ढोरपाटनमा आयोजित जनैपूर्णीमा मेला–२०७६ को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ढोरपाटनलाई बागलुङ जिल्लाको मात्र नभएर देशको आर्थिक समृद्धीका लागि योगदान दिने ढंगले विकास गर्न आवश्यक रहेको बताए ।

ढोरपाटन विकासको प्रचुर सम्भावनायूक्त स्थान भएको भन्दै प्रमुख अतिथी तिमिल्सिनाले यसको विकासका निम्ती पर्यटन विकास, जडीबुटी उत्पादन र संरक्षण, सुविधा सम्पन्न होटलको निर्माण, शिकार आरक्षको थप प्रचार प्रसार, पक्की सडक निर्माण आवश्यक रहेको र नेपाल सरकार सोही दिशामा लागि रहेको बताए । ढोरपाटन उच्च हावा पानी भएको स्थान भएकाले हाईअल्टीच्यूट खेलहरु र खेलका तालिमहरु सञ्चालन गर्न सकिने सम्भावना रहेको आवश्यक पुर्वाधारहरु निर्माण गर्ने नेपाल सरकारको योजना रहेको उनले बताए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले प्रस्तावित जलाशययूक्त उत्तरगंगा हाईड्रोपावर परियोजना ढोरपाटनमै बन्ने स्पष्ट पार्दै परियोजना ४ नम्बर प्रदेशको बागलुङमा वा पाँच नम्बर प्रदेशको रुकुममा बन्ने भन्ने विषयमा विवाद हुँदा ढिलाई भएको उनले बताए । बागलुङको ढोरपाटन मै उक्त परियोजना निर्माणका लागि दुवै तर्फ चित्त बुझाउने गरी प्रक्रियागत हिसावले कार्य अगाडी बढिरहेको तिमिल्सिनाको भनाई थियो ।

यस्तै सालझण्डी ढोरपाटन सडकमा यो वर्ष छुट्टिने जम्मा रकमकोे ५० प्रतिशत रकम ढोरपाटन, बुर्तिबाङ खण्डमा काम हुने गरी आउने उनको भनाई थियो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने, “सालझण्डी ढोरपाटन नाममा मात्र सीमित बन्यो, सालझण्डीबाट झुण्डिएको बाटो अव ढोरपाटन सम्म तिब्र गतिमा स्तरोन्नती हुन्छ” ।
यस्तै सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार संघियता पछिको नयाँ कोसेली भएकोले प्रदेश सरकारले शहर केन्द्रीत विकासलाई गाउँको कुना कन्दरा सम्म पु¥याउन चाहेको बताए । ढोरपाटनका जनताको आर्थिक विकासका लागि गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयले यस वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । बस्नेतले ढोरपाटनको विकास र समृद्धीका निम्ती प्रदेश सरकारले विशेष योजना बनाएर अगाडी बढ्ने प्रतिद्धता व्यक्त गर्दै ढोरपाटन उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यन्तै सुन्दर छ, ढोरपाटनलाई प्रदेश राजधानी पोखरा, कोराला र मुक्तिनाथ सम्म जोड्ने गरी प्राकृतिक सौन्दर्यताले भरिपुर्ण विश्वको उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नका लागि प्रदेश सरकारले विशेष योजना बनाएको खुलासा गरे । प्रदेश मन्त्री बस्नेतले ढोरपाटनको उत्तरगंगा नदीमा पुल नहुँदा हरेक वर्ष खोलाले बगाएर स्थानिय बासिन्दाको ज्यान जानेको गरेको छ, त्यसैले प्रदेश सरकारले ढोरपाटनमा यसै वर्षबाट काम हुने गरी मोटरेवल पुल निर्माणका लागि १ महिना भित्र डिपिआर तयार गर्नेे प्रतिबद्धता समेत व्यक्त ग।े ।

मन्त्री बस्नेतले मेला तथा पर्वहरुले आफ्नो क्षेत्रलाई चिनाउने, सस्कृतीको जगेर्ना गर्ने, उत्पादनको प्रचार प्रसार हुने, कुना र बस्तीहरुलाई चिनाउने अवसर सृजना गर्ने भएकाले ढोरपाटनलाई चिनाउन जनै पुर्णिमा मेलाको विशेष महत्व रहेको पनि बताए ।

प्रदेश सरकारले दुई वर्ष भित्रमा प्रदेश स्तरका सबै घरधुरीमा बत्ती बाल्ने विशेष योजना बनाएको बताउँदै मन्त्री बस्नेतले बत्ती नपुगेका स्थानमा यस आर्थिक वर्ष भित्र बत्ती बाल्ने बताउदै सम्भव भए सम्म केन्द्रीय प्रशारण लाईनको माध्यमबाट र सम्भव नभएका स्थानमा साना लघु जलविद्युत आयोजना र सोलारका माध्यमबाट बत्ती पु¥याउने बताए। त्यसैगरी प्रदेश स्तरका सबै जनतालाई यस वर्ष भित्र आधारभूत खानेपानीको पहुँचमा पु¥याउने प्रदेश सरकारको योजना रहेको पनि उनले बताए ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, उप प्रमुख करमती पुन, स्थानिय समाजसेवी शेरमान घर्ती लगायतले बोेलेका थिए ।

मेला अध्यक्ष वीर बहादुर विश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष हरि बहादुर घर्ती मगरको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन भने मेला सचिव देव बहादुर सुनारले गरेका थिए ।

ढोरपाटनबाट पोखरा फर्कने क्रममा मौसम खराबीका कारण अध्यक्ष तिमिल्सिना चढेको हेलिकप्टर रुकुमपूर्व भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.