हिल काँक्राखोरमा प्रगतिशील युवा क्लबको वार्षिकोत्सव एवं तीजी कार्यक्रमको आयोजना !

मन्दिप निउरे, ताराखोला २०७६ साउन ३२ । ताराखोला गाउँपालिका ३ हिलमा रहेको प्रगतिशील युवा परिवार काक्राखोरले क्लबको २८ औ बार्षिकोत्सव एबम् महिलाहरुको महान पर्ब हरितालिका तीजको अबसरमा आयोजना गरिएको विविध प्रतियोगिताम्क कार्यक्रम भब्य रूपमा सफल पार्नको लागी विभिन्न समिति गठन गरेको छ । जस्मा नबिन लामीछानेको सयोजकत्वमा आथिक संकलन समिति ,मन्दिप निउरेको सयोजकत्वमा प्रचारप्रसार समिति , मोहन भर्तालको सयोजकत्वमा खेलकुद व्यवस्थापन समिती , दिनेश भण्डारीको सयोजकत्वमा मन्च व्यवस्थापन समिती, तेजु कार्कीको सयोजकत्वमा साउन्ड सिस्टम व्यवस्थापन समिती सबिता खत्रीको सयोजकमा तीज गीत व्यवस्थापन समिति गठन गरिएको छ ।

देश बिकासमा हाम्रो प्रतिबद्धता हरेक निति नियममा युवाहरूको सक्रिय सहभागिता भने मुल नाराको साथ क्लबको २६ औ बार्षिकोत्सव भदौ १३ देखि १६ गतेसम्म कार्यक्रम भब्य रूपमा संचालन गरिने क्लबका अध्यक्ष कर्णबहादुर भण्डारीले बताए । कार्यक्रमको अबसरमा ताराखोला गाउँपालिका भित्रको साबिकको खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार व्दितिय हुने समुहले २० हजार, खुल्ला तीज गीत प्रतियोगितामा प्रथम हुने समुहले नगद २० हजार , व्दितीय हुने समुहले १२ हजार तृतिय हुने समुहले ८ हजार, महिला कुर्सी दौड प्रतियोगिता प्रथम हुने समुहले २ हजार , व्दितिय हुने समुहले १ हजार भाले छुने प्रतियोगितामा बिजेता हुनेले भाले र रु १ हजार प्राप्त गर्ने क्लबले जनाएको द्ध ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.