आजको तस्वीर : सुरुभयो गाईजात्रा, देखाईयो तायमचा !

शव्द/चित्र : दिनेश खत्री

गल्कोट २०७६ साउन ३१ । बाईसी चौबीसी राज्य मध्यको एक गल्कोट राज्यको राजधानी रहेको हरिचौर बजार अहिले मध्यपहाडी लोकमार्गका कारण केहि आझेलमा परेको महसूस गल्कोटबासीले गर्दै आएका छन् । गल्कोट राज्यको राजधानी हुँदाको चहल पहल अहिले हरिचौरमा देखिदैन । राजधानी हरिचौर यतिबेला आफ्नो पहिचानकालागि सघर्ष गरिहेको छ । स्थानीयबासीले हरिचौरको शान,मान र आनका लागि संंघर्षशील रहँदै आएका छन् । झट्ट हेर्दा सामान्य देखिएपनि हरिचोर र हटियाबीचको सम्वन्ध त्यति गहकिलो छैन । दुबै तिरको मनमा केहि न केहि तुष रहेको भान सबै गल्कोटबासीलाई छ ।

हरिचौरमा परापूर्वकाल देखी प्रदर्शन गरिदै आएको वर्षेृ नाँचलाई हरिचौरवासीले निरन्तरता दिईरहेका छन् । उनिहरुलाई यसमा गर्व छ । हरिचौर बजार व्यवस्थापन समितिले बजारलाई गुल्जार राख्न विविध कार्यक्रमहरु गर्दै आएको छ । यसै क्रममा समितिले वर्षेनि वर्षे मेला गाईजात्रा प्रदर्शन गर्नेक्रममा वर्षमेलाको पहिलो दिन हिँजो साउन ३० गते पहिलो प्रदर्शन लाखे नाँच थियो भने आज गाईजात्राका दिन तायमचा नृत्य प्रदर्शन गरिएको छ । तायमचा नेवार समुदायमा वर्षभरीमा दिवंगत हुने महिला, पुरुष, या बालबच्चाहरुको सम्झनामा देखाईने नृत्य हो । हरिचौरमा साउन ३० गते देखी कृष्णाष्टमी सम्म लाखे, तायमचा, रोपाईँ, जोगी नाँच आदि प्रदर्शन गरिन्छ । पछिल्लो समय देशको विभिन्न भागहरुमा तायमचा नाँचलाई प्रतियोगितको रुपमा पनि प्रदर्शन गर्न थालिएको छ ।

बागलुङ बजारमा नारायणस्थनबाट आज विहान सबेरै २ बजेको समयमा दुइवटा तायमचा गराई बाजाको तालमा बजार परिक्रममा गरिएको थियो । यो बागलुङको पुरानो प्रचलन हो । बागलुङ बजारमा लाखे नाँच, कटुवाल नाँच प्रदर्शन गरिएको छ । भोलि रोपाई नाँच हुँदै छ । बागलुङ जिल्ला बलेवा, ग्वालिचौरको खार बजार लगायत अन्य भागहरुमा पनि वर्षे नाँच गाईजात्रा निकाल्ने गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.