पर्वतको महाशिला-४ पाखापानीमा करेन्ट लागेर २ जनाको मृत्यु, १ जना घाईते !

निर्मल पौडेल, पर्वत २०७६ साउन २१ । पर्वतको महाशिला गाउपालिका -४ मा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज विहान १० वजेको समयमा विद्युत पोल गाड्ने क्रममा महाशिला गाउँपालिका ४ पाखापानीका ३० वर्षिय सुरेन्द्रवहादुर क्षेत्री र २७ वर्षिय केशव वहादुर क्षेत्रीको घटना स्थलमानै ज्यान गएको हो । यस्तै सोही ठाउँका भरत क्षेत्री घाईते भएका छन् ।

काठेपोल हटाएर फलामका पोल फेर्ने क्रममा पोलले विद्युत प्रवाह भईरहेको तारमा छोईएर करेन्ट लाग्दा दुर्घटना भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैँले ईबागलुङलाई जानकारी दिए ।

घाईते क्षत्रीलाई स्थानिय प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । महाशिला गाउँपालिकाले सवै वडाहरुमा काठेपोल विस्थापित गर्ने योजना अनुसार पोल फेर्ने क्रममा अचानक घटना घटेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.