जैमिनी-७ ब्याडथलामा रहेको एनसिएल टावरमा आगलागी !

केशबराज क्षेत्री, बागलुङ २०७६ साउन ३१ । जैमिनी नगरपालिका वडा नम्बर ७ जैदी व्याडथला मैदानस्थित एन सि एल टावरमा आगलागी भएको छ ।

अज्ञात समूहव्दारा तेल छर्केर शुक्रबार राति आगलागी भएकोे अनुसन्धानमा खुलेको बताइएको छ । एनसिएल टावरको व्याट्रीका तारहरु जलेर नष्ट भएका छन् । आगो राति आफैँ नियन्त्रणमा आएकोले बढी क्षति हुनबाट भने जोगिएको इलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रहरी नायब निरीक्षक दानबहादुर केसीले बताए ।

कसले किन लगाएको भन्ने जानकारी नभएको स्थानीयले बताएका छन् । घटनाको मुचुल्का उठाइएको र यस बारेमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.