विषाक्त खानाले चार बंगुर मर्दा महिला उद्यमीलाई ७० हजार नोक्सान !

खगेन्द्र विश्वकर्मा ताराखोला २०७६ साउन २९ । ताराखोला गाउपालिका ४ तारा गाउँमा महिला उद्यमी रश्मी घर्तीले व्यावसायिकरुपमा बंगुर पालन गर्दै आएकी छिन् । उनको फर्ममा २८ बंगुरहरु छन् । मंगलबार राति दाना खुवाएको केही छिनमै ४ बंगुर मरेको रश्मीले बताईन् । अन्य बंगुरलाई जंगली जडिबुटी सतुवा र सुगन्धवाल खुवाएर बचाएको उनको भनाई छ ।

४ बंगुर अचान मृत्यु हुनुमा खानामा मिसावट हुन सक्ने वा फुड प्वाईजन भएको अनुमान गरिएको छ । यस्ता घटनाले कृषि विज्ञ तथा कृषि सेवालाई गाउघरमा सेवा तुरुन्त गर्नु पर्ने ३ वटै तहका सरकारले सेवा पुर्‍याउनु पर्ने देखिन्छ ।

केहि दिन पहिले ताराखोला मै जंगलमा चर्न छोडिएका ७ वटा भैँसीहरु एकै ठाउँमा मरेको अवस्थामा भेटिएका थिए । त्यस घटनालाई स्थानीयले चट्याङ लाग्दा सबै भैँसी मरेको हुन सक्ने अनुमान गरी सन्तोष गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *