कार्यकर्ता रिहाइ गर्न प्रतिवन्धित नेपाल कम्यूनिष्ट पार्टी (बिप्लब)को माग !

कमल पौडेल, बागलुङ २०७६ साउन २९ । प्रतिवन्धित नेपाल कम्यूनिष्ट पार्टी (विप्लब समुह)ले हिंजो एक प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टीका नेता महेन्द्र भण्डारीलाई तत्काल रिहा गर्न माग गरेको छ । साउन २७ गते विहान बागलुङ बजारबाट भण्डारीको अपहरण शैलिमा पक्राउ गरिएको भन्दै सो पार्टीले तत्काल रिहाइ गर्न माग गरेको हो ।

जिल्ला सेक्रेटरी पृथ्वीले हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीको जिम्मेवारी पुरा गरिरहेको अवस्थामा आफ्नो कार्यकर्ता गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइ नभए त्यसबाट हुने प्रतिकुल अवस्थाको सामाना गर्न सरकारलाई चेतावनी समेत दिएको छ ।

देश मानव वेचविखनको उच्च जोखिममा रहेको भन्दै विज्ञप्तीमा संसदीय व्यवस्थाले उत्पन्न गरेका परिस्थितिलाई अन्त्य गर्न एकिकृत जनक्रान्तिको कार्य अगाडि वढिरहेकोले सन्दर्भमा हालको सरकारले चलाएको धरपकड, इन्काउन्टरबाट विचल्ली नहुन आफ्ना कार्यकर्ता तथा जनसमुदायलाई आग्रह समेत गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.