गुल्मी समाज पोल्याण्डव्दारा सत्यवती पहिरो पीडितलाई रु २ लाख बढी आर्थिक सहयोग !

कौरव खत्री, गुल्मी २०७६ साउन २८ । गुल्मी समाज पोल्याण्डद्धारा सत्यवतिका पहिरो पिडितहरुका लागि आर्थिक सहयोग गरेको छ । गत शनिवार गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष विदुर शर्माव्दारा गुल्मी समाज पोल्याण्डमा संकलन गरिएको नगद रु.२ लाख, १७ हजार, ५सय नगद रकम सत्यवती गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गरिएको थियो ।

गुल्मी समाज पोल्याण्डको सक्रियतामा हाल रोजगारीको शिलशिलामा हाल पोल्याण्डमा रहेका नेपालीहरु विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट संकलित जना व्यक्तिहरुबाट संकलन गरिएको नगद रकम सत्यवति गाँउपालिका वडा नं. ३ ठूलोलुम्पेक र वडा नं.४ लिम्घाका पहिरो पिडितहरुका लागि आर्थिक सहयोग गरेको गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *