जलजला-४ का पावल बिकलाई चिर्पट प्रहार गर्ने ४ जना पक्राउ !

पर्वत, २०७६ साउन २८ । जलजला गाउँपालिका(४ लामाखेत बस्ने १७ वर्षीय पावल बिकलाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई सोमबार प्रहरी चौकी वारीवेनी पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जलजला गाउँपालिका(४ लामाखेत बस्ने ३९ वर्षीय कबिन गर्बुजा, ३३ वर्षीय तेजेन जुग्जाली, २० वर्षीय राजु पुन र २४ वर्षीय अमित फगामी रहेका छन् ।

गत आइतबार राति उनीहरुले मादक पदार्थ सेवन गरी पावल बिकलाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएका थिए ।
प्रहरी चौकी वारीवेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछुपी बसेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । घाइते पावल गण्डकी मेडिकल कलेज पोखरामा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *