जन्म औचित्य

— राम सुवेदी

प्रकृति जीवनमा अरु प्राणी जस्तै मान्छे पनि जन्मन्छ, मर्छ । मृत्यु सत्य साथ च्यापेको मानव जीवन, सचेत प्राणी जीवन हो । जन्मपछि, कर्मको औचित्य पुष्टि गर्न सकिएन भने, अर्थपूर्ण जीन्दगी होईन भन्नु, दृष्टिनै सृष्टिको संरचना हो । आफ्नो संरचना जस्को ,जहाँ, जे, जसरी छ। जीवन संरचनाको मूल्यसँग आफ्नो सन्तुष्टिको हिसाव किताव राख्नु । सरल, सहज र सकरात्मक ढंगको उत्तर आयो, आफूलाई धन्यवाद दिन कहिल्यै नभुल्नु । ‘मेरो, मलाई र म ’ भन्ने शब्दावलीमा सामाजिक जीवन जोडेर, कष्टपूर्ण शब्दावली नखोज्नु । व्यक्तिगत जीवन, साझा दायित्व, अनुभूतहुने गरि सामाजिक बोध सहितको परिचय रोज्नु । यो मानवीय कर्तव्यमा राखिनु पर्दछ ।

जन्मको औचित्य, जीवनमा खेजिएन भने, जन्मने र मर्ने कर्ममा रहेकाहरुको हुलसँग जीवन दाँज्नु । कर्मसँग जीवनको तुलना गर्नेहरु जीवनको मुल्य संझनु । सादा जीवनमा जीन्दगीको अर्थ र अनर्थको चीरफार गर्नु । मानसिकरुपले सचेतनाको औजार बन्नु । मानवीय सभ्यता, सामाजिक जीवनसँग विशेष साइनो लाग्ने हुँदा, त्यो नाताको पूर्ण बफादार रहनु । मानवजाति, जीवन जगतको विश्लेण गर्नसक्छ र राम्रो÷नराम्रो खोट्याउन जान्दछ । गतिलो अगतिलो प्रगल्न सक्छ । नकरात्मक÷सकरात्मक दुवै भाव प्रकट गर्नसक्छ । मानवीय समवेदनाका दुःख र शुःखको परिभाषा जान्दछ । त्यसकारण, सबैचीजले भरिपूर्ण मावन आफ्नो जन्म औचित्य पनि जान्नुपर्छ ।

कहिलेकाहिं आफ्नै जीवनका प्रश्नहरुले आफैलाई घोच्न सक्छ । तिम्रो जीवन के हो ? तिमी जे चीजलाई मेरो भन्छौ, जहाँ दावी गरेका छौ, के पक्का तिम्रो हो ? जस्लाई आफ्नो स्वामित्वका लागि अरुलाई स्वीकार गर्दैनौं, के तिमी सतमार्ग पछ्याइरहेका छौ होला ? म र मेरो भनिएका सबैचीज तिम्रो जीवनको वसमा पर्छ या पर्देन ? जीवनकालमा हरेक पक्षसँग हाफ्नो जन्मको परीक्षा त हामी आजसम्मको दिनाचार्यमा दिइरहेका छौं । जीवनमा आर्जन गरेको वा प्राप्त गरेको चिज वस्तु सधै आफ्नो काबुमा के कति भए ? के कति भएनन् । काबुमा भएर पनि कति चिजले सन्तुष्टि दिए, कति आफ्नौ औकात उदाँगो पारेर जहाँबाट पाइयो उतै गए । सार्थकता र औचित्यहिन कुनैपछि प्रकृतिजन्य चीज वस्तुमाथि गरिएको दावी कतै झुटो त होईन ? आफ्नो सुन्दर भावनाले खास जीवनलाई तुलना गरौं । प्रकृतिबाट आफ्नो नीजि जीवन बाहेक अरु कुनै केही लिने हक छैन भने, व्यर्थमा गरिएका दावीहरु, सत्य मृत्युपछि जहाँ थिए त्यही हुनेछन् ।

अनर्थको स्वामित्वमा गरिएको म र मेरालागि गरिएका दावी र्आकातबाहिर छनभने, मलाई लाग्दैन, मेरो जीवनको सुन्दरता अरुको हक छिनेर मैले पाउँदैन । जे छु, जहाँ छु, जस्तो छु, चिन्तकका हिसावले हकप्रद विषयमा सकरात्म दावी गर्नेछु । जहाँ हक छैन, नकरात्मक र अनादर मानसिकताले मर्यादित जीवनको औचित्यहिन जन्म मेरो हुनेछैन । मेरा जन्मदाता कर्मदाता, जीवनका उतारचढावमा सहकार्यका पाइलाहरुमा राम्रो÷नराम्रो खोट्याउने मित्रजनहरु, मेरो जन्म चौचित्यमा शिक्षा, दिक्षा र नैतिकता सिकाउने गुरुवर्ग, सत्मार्गका गोरेटाहरु देखाउने अग्रग तथा दिग्गजहरु, सकरात्मक, नकरात्मक भाव प्रकटगर्ने जीवनयात्राका यात्रीहरु, सत्यबाटो देखाउन आलोचनात्क चेतना दिने आदरणीय उचाइका पात्रहरु, सम्झने, विर्सने, विर्सन नसक्ने सबैमा यस ऐतिहासिक जीवन जन्मवर्षका अवसरमा आदरभाव सहितको आभार तथा संझना ।
लेखक ईबागलुङ डटकमका संपादक हुन् ।
बुर्तिवाङ २०७६ साउन २८ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.