बडीगाड गाउपालिकाको सरसफाई अभियानमा सरीक नहुनेलाई जरिवाना !

कमल पौडेला खर्वाङ २०७६ साउन २८ । हरेक महिनाको एक दिन जनश्रमदान, बडीगाड गाउँपालिकाको जीवन्त अभियान भन्ने नारासहित गाउँपालिकाले सुरु गरेको अभियान प्रभावकारी बनाउन वडा नं. २ खर्वाङका वासिन्दा जुटेका छन् ।

यसैविच गाउँपालिकाले साउन २८ गते गाउँपालिका भर सरसफाई अभियान चलाउने बताएको छ । सोहि अनुरुप बडीगाड गाउँपालिका वडा नं. २ को वडा कार्यालयले आयोजना गरेको सामाजिक अगुवाहरुको वैठकले साउन २८ गतेलाई सरसफाई तथा स्वच्छता अभियानको रुपमा मनाउने निर्णय गरेको हो ।

२८ गते मध्यपहाडी लोकमार्ग क्षेत्रमा रहने वासिन्दाले गिरिंदी देखि लब्दीखोला सम्म सफाई अभियानमा सहभागी हुने र माथिल्लो भेगमा बसोवास गर्ने बासिन्दाले आआफ्नो टोलमा सामुहिक रुपमा सरसफाई, झाडी सफाई तथा सडक सफाई गर्ने निर्णय गरेको हा े। सो सफाई अभियानमा सहभागी नहुने वासिन्दालाई जरिवाना समेत तिराइने वडा कार्यालयले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.