प्रवास : बागलुङ समाज स्पेनबाट बडीगाड १० का क्यान्सर पीडित बुढालाई आर्थिक सहयोग

स्पेन, वार्सिलोना २०७६ साउन २८ । बागलुङ समाज स्पेनको पहिलो बैठक सम्पन्न भएको छ । समाजका अध्यक्ष राजु थापाको अध्यक्षतामा सम्पन्न बैठकले समाजको संरक्षकमा एकराज गिरि, पुष्पराज भण्डारी , सल्लाहकारमा बिदुर गौतम र दुर्गा शर्मा तथा रिक्त रहेको सचिब पदमा अरुण घिमिरेलाई मनोनयेन गरिएको छ ।

बैठकमा बागलुङ जिल्ला बडीगाड गाउपालिका १० घर भएका क्यान्सर पीडित दलबहादुर बुढालाई समाजको तर्फ़बाट नेपाली रुपयाँ ५० हजार सहयोग उपलव्ध गराउने निर्णय गरेको अध्यक्ष थापाले बताए ।

बैठकमा महिलाहरुको पर्ब तीजको अबसरमा अगष्ट २६ सोमबार बागलुङ जिल्ला घर, माइती भएका दिदी बहिनी हरुलाई समाजले दर खुवाउने कार्येक्रमको आयोजना गर्ने भएको अध्यक्ष थापाको भनाई छ १

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *