राष्ट्रिय जनमोर्चा बागलुङले तमानखोला लाम्मेलाका पहिरो पीडितलाई राहत वितरण !

कुशुम मल्ल, बुर्तिबाङ २०७६ साउन २७ । राष्ट्रिय जनमोर्चा बागलुङले तमानखोला गाउँपालिकाको वडा नं. ४ लाममेलाका पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ । गत श्रावण १९ गते राती पहिरोमा पुरिएर मृत्यु भएकाको घर परिवार तथा घाइते परिवारलाई राष्ट्रिय जनमोर्चा बागलुङले २५ हजार रुपैयाँ नगद प्रदान गरेको जिल्ला उपाध्यक्ष धर्म बहादुर कवँरले जानाकारी दिए । पहिरोमा पुरिएर ज्यान गुमाएका तथा घाइते भएका पाँच घर परिवारलाई प्रति घर परिवार ५ हजारका दरले राहत प्रदान गरिएको उपाध्यक्ष कुवँरले बताए ।

राहत प्रदान कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष धर्म बहादुर कुँवर जिल्ला सल्लाहकार गौरिश्वर पाण्डे, जिल्ला सदस्य दुर्गादेवी घर्ती, तम बहादुर घर्ती, ढोरपाटन नगर अध्यक्ष दिपक थापा, तमानखोला गाउँपालिका वडा नं. ४ वडा अध्यक्ष उदिम बहादुर छन्त्याल, वडा सदस्य सदस्य तम बहादुर सिर्पाली लगायत, पहिरो पीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

पहिरोमा पुरिएर ४१ वर्षकी पंच कुमारी सिर्पाली, ७० वर्षकीे असारी सिर्पाली र १२ वर्षका प्रविण सिर्पालीको मृत्यु भएको थियो । घर पुरिंदा ओम बहादुर सिर्पाली, अनिल सिर्पाली, कमल सिर्पाली, देबेन्द्र सिर्पाली, चित्रा देवी सिर्पाली र अमसरा सिर्पाली घाइते भएका थिए । ४ परिवारको ५ घर पुरिंदा जनधनको ठूलो क्षति भएको थियो ।

राहत वितरणकार्यक्रममा मृतक प्रति श्रद्धाञ्जली तथा परिवार प्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र्र स्वास्थ्य लाभको कामना गरिएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोेर्चा ढारपाटन नगरपालिका सदस्य बीर बहादुर वि.क.ले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *