भानबहादुर दम्पति हत्या प्रकरण : ‘बोवाङ रेडियो’को कस्ले झिक्यो ब्याट्री ?

— राम सुवेदी

बुर्तिवाङ २०७६ साउन २६ । बोबाङमा २००८ सालमा जन्मेका भानबहादुरलाई गाउँका मान्छेले रेडियो भनेर नाम राख्दिए । सूचना र सञ्चारको दुनियाँका पहिले/पहिले रेडियो नेपाल सुन्ने गरेका भानबहादुर, रेडियोमा जस्तै गीत गाउथे, समाचार भन्थे अनी आफ्नै तालमा अंग्रेजी समाचारसमेत भन्दै हिंड्थे । उनको यो स्वभावपछि भानबहादुरलाई स्थानीयले नामै रेडियो राखिदिए । शनिवार राति बोबाङका रेडियोको कुन दैवले व्याट्री निकाली दियो । उनी अव कहिल्यै गीत नगाउने गरी, कहिल्यै समाचार नभन्ने गरी उनकी श्रीमती एकैसाथ अस्ताएका छन् । उनीसँग हाम्रा सहकर्मीले करिव एक महिनाअघि प्रत्यक्ष भेटमा गरेको सात्क्षात्कारमा आफ्नो नाम ‘रेडियो’ भनेर बोलेका थिए ।

सञ्चारकर्मीसँग आफ्नो नाम रेडियो भनेर परिचय बताउने भानबहादुर अर्थात, बोबाङका ‘रेडियो’ अव नसुनिनेगरी अस्ताएका छन् । उनको शिरमा धारिलो हतियार प्रहार गरी निर्मम हत्या गरिएको छ । भानबहादुरलाई बोबाङका स्थानीयले ‘रेडियो’ भन्थे, अव त्यसरी बोलाउने मान्छे कहिल्यै नभेटिने गरि मेटिए । गत शनिवार राति उनकोे धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गाउँघरका हँसमुख भानबहादुर (रेडियो बोवाङ) दम्पतिको निर्मम हत्या पछिको रहस्य के हुन सक्छ ? बोवाङवासीको सर्वाधिक चासो बनेको छ । आर्थिक लेनदेन, लुटपाट, पुरानो रिसिबी वा अरु कुनै कारणले उनी र उनकी श्रीमतीको यसरी नृशंसा हत्या गरिएको हो बोवाङबासीलाइ चासो हुन स्वभाविकै हो । भानबहादुरको मृत शरीर मकैबारीमा भेटिनु र उनकी श्रीमतीको रक्तरन्जित मृत शरीर घर भित्रै रहनुले अपराधीले निर्ममतापूर्व दम्पतिको ज्यान लिएको देखिन्छ ।

जीवन कालमा अनेकन दुःख कष्टको सामना गरेका उनलाई भेट्दा, परिचयमै रेडियो नाम बताएपछि, सबैलाई अनौठो लाग्नु स्वभाविक हो । गाउँ छिमेकमा गीत गाउँने, रेडियोमा जस्तो गरि समाचार भट्याउने र रमाइलो गरि अंग्रेजी समाचार समेत पढेर दुनियाँ हँसाउने भानबहादुर अर्थात रेडियोको श्रीमती हत्या भएको छ । यो जघन्य अपराध कस्ले, के आशयले ग¥यो, त्यसको अनुसन्धान प्रहरीले गर्ने बताइएको छ । भानबहादुर अर्थात बोबाङका रेडियोको, गत मंसिरमा ढोरपाटनको नवीमा भएको भीषण आगलागीमा घर जलेको थियो । अहिले जलेको घर पनि निर्माण गरिसकेका थिए । उनको घर छेउको आलुवारीमा यो सम्वाद हुँदै गर्दा जलेको घर बनाएको कहानी खुलेर सञ्चारकर्मीसँग बताएका थिए ।

भानबहादुरको जस्तै ढोरपाटनको नवीमा अरु ३१ परिवारको ३९ घर जलेका थिए । घर निर्माणमा ढोरपाटन नगरपालिका र नगर प्रमुखको सहयोग थियो । त्यो सहयोग पछि कसरी घर निर्माण भयो भन्ने सवालमा उनले यस्तो जवाफमा भानबहादुर अर्थात ‘रेडियो’ले ढोरपाटन नगरपालिकाका गर प्रमुख देवकुमार नेपाली र नगरपालिकाले ठूलो सहयोग गरेको कुरा खुलेरै बोलेका थिए । ‘रेडियो’ले भने १५/२० दिनमा घर त बन्यो । जहाँबाट जे जति सहयोग पाए, सबै उनले घर बनाउँदा खर्च गरेको कुरा उनले हामीसँग बताएका थिए ।

बोबाङ गाउँको रमाइलो मान्छे, आज अस्ताएको छ । सबैको मायाँले रेडियो नै नाम राखिएका भानबहादुरको, व्याट्री फेर्न नकिल्ने गरि झिकिदिएको छ । रेडियो सँगै उनकी जीवनसँगीनीको पनि सँगै बोबाङको खरिया स्थित आफ्नै घरमा निर्मम हत्या गरिएको छ । उमेरले ७० प्रवेश गर्दै गरेका, वृद्ध दम्पतिको किन हत्या गरियो ? भन्ने रहस्यको खाजी आवश्यक छ । त्यो निर्दयी अपराधी जस्ले वृद्ध दम्पतिको ज्यान लियो, राज्यले छिटो कार्वाहीको दायरामा ल्याउन सकोस् ।

यसरी अनाहकमा ज्यान गुमाउन पुगेका वृद्ध दम्पतिप्रति हाम्रो श्रद्धासुमन, दुःखको यस क्षणमा परिवारजनप्रति हार्दिक समवेदना ।
तस्वीर- भानबहादुरसंग ईबागलुङका सपादक राम सुवेदी कुराकानी गर्दै ।


अडियो कुशुम मल्ल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *