ढोरपाटन-८ बोबाङमा धारिलो हतियार प्रयोग गरी बृद्ध दम्पत्तिको नृशंस हत्या !

छविलाल पाण्डे बुर्तिवाङ २०७६ साउन २६ । ढोरपाटन नगरपालिका वडा नं.८ बोबाङमा एक दम्पतीको विभत्स तरीकाले हत्या भएको छ ।
गयराति आफनै घरमा बसेका ६८ बर्षिय भानबहादुर कामी र निजकी ६० बर्षिया श्रीमती विमा कामीको धारीलो हतियार प्रयोग गरी हत्या भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदावारले बताए ।

स्थानीयले आईतबार बिहानको समयमा भानबहादुरको शव घर नजिकै मकै बारीमा र विमाको शव घरभित्रै राक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटना थाहा पाए लगत्तै बिहान सबैरै हिँडेको बुर्तिबाङ प्रहरी टोली १२ बजेपछि मात्रै घटना स्थलमा पुगेका कारण घटनाको अनुसन्धान भइरहेको बुझिएको छ । घटनाको प्रकृति हेर्दा बञ्चरो प्रयोग गरेको जस्तो देखिन्छ दुबै जनाको टाउकोमा ठुलो चोट छ ।

जिल्लाबाट प्रहरी प्रमुख लगाएतको टोली घटनास्थलतर्फ आउँदै गरेका कारण थप अनुसन्धान हुने बैदवारले बताए । मृतक बिकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएको बताइएको छ ।

बृद्ध दम्पतिको हत्या के कारणले गरिएको भन्ने खुल्न आएको छैन । कुनै आपसी रन्जिस वा लुटपाटको उद्देश्यले यो नृशंस हत्या काण्ड गरिएको हो प्रहरी अनुसन्धान पछीमात्र थाहा हुने स्थानीयले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *