हरियो चुरा, मेहेदी संस्कृति कि ब्यवसायीकरण ?

भानु रोशन राजभण्डारी

अर्काको सिको गर्नु नेपाली जिवनको अभिन्न अ¨ जस्तो भईसकेको छ । लवाई खुवाई जाडपर्वमा प्रयोग हुने सामग्री र प्रकृयामा विदेशीको प्रवृति हावी हु“दै गएको छ । राम्रो कुरालाई सिको गर्न रुचि नदेखाउने र अर्काको राम्रो नराम्रो जस्तोसुकै कुराको सिको गरिहाल्ने कडा रोग बल्झिंदै गएको छ । फोगतमा देखासिकी गरेको भए केही थिएन तर यो देखासिकी ठूलो ब्यवसायीकरणमा परिणत भएको यसमा चाल नपाई प्रयोग हुनेहरुलाई कमै थाहा होला ।
हरियो चुरा
श्रावण महिना संगै हरियो चुराको ब्यापार एकाएक बढेको छ । धेरै जसो महिलाको हात हरियो चुराले सजिएको छ । यस्तो हुन लागेको दुई, तीन बर्ष भन्दा वढी भएको छैन । चुरा बेच्ने ब्यापारीलाई भ्याइ नभ्याइ छ हरियो चुरा बेच्न । हरियो चुरा पनि नाना थरिका, कम मूल्यका मात्र होइन, महंगो मूल्यका पनि । कतिपय महिलालाई साथी संगीको अगाडी महंगो चुरा लगाउनु पनि प्रतिष्ठाको विषय हु“दो रहेछ ।
धेरैको हातमा चुरा लगाएको देखियो, तर यहि कारणले लगाएको भन्ने सुन्न पाइएन । अधिकांशले अरुले लगाएको देखेरै लगाएको भन्ने बुझियो । बुझ्दै जा“दा यसमा त विभिन्न हिन्दी टेलिभिजनमा देखाइने सिरियलको पनि करामत रहेछ । हिन्दी सिरियलमा यस किसिमका करामतको नक्कल गर्न नेपाली महिला पनि अग्रणी भइसकेका रहेछन् । हरियो चुरा लगाउनुको न त कुनै शास्त्रीय अर्थ छ , न त कुनै वैज्ञानिक कारण । यो त सिर्फ फेसन मात्र हो । यो हरियो चुरा लगाउनु र नलगाउनुको कुनै धार्मिक आस्था र संस्कार संग कुनै सम्वन्ध नै छैन ।
विगत दुई तीन बर्षमा हरियो चुराको ब्यापार उल्लेखनिय रुपमा बढेको छ । यस भन्दा अघि यसको न त खासै प्रयोग हुन्थ्यो न त कुनै चर्चा नै । अहिले एकाएक यसको ब्यापार बढ्नुमा अरुको सिको, आडम्वर र नक्कल बाहेक केही होइन । चुरा आयात हुने भारतबाटै हो । बर्षेनी चुरा आयात गर्दा लाग्ने भन्सार शुल्क संकलनमा बृद्धि हु“दै गएको छ साथ साथै हरियो चुराको ब्यापारको कारणले ठूलो धनराशी देशबाट बाहिर गइरहेको छ ।
मेहेदीको मौसम
मेहेदी नेपाली संस्कृति होइन, यो भारतीय संस्कृति हो । यो श्रावण महिनामा जताततै मेहेदी लगाएकाहरु र मेहेदी लगाउनेहरुको लर्को देखिन्छ । केही बर्षमा मेहेदीको ब्यवसाय निकै बढेको छ । लगाउनका लागी तयारी लिक्वीड मेहेडी बजारमा सजिलै पाइन्छ ।
नेपाली चेलीहरुले परम्परादेखि लगाउ“दै आएको ट्युरी नै हो, मेहेदी होइन । ट्युरी एक किसिमको झार हो, जुन बर्षाको मौसममा जताततै फुलेको हुन्छ । विशेष गरी सा“झको समयमा ट्युरीमा परेवाको सुली मिलाएर पिनेर हाटमा लगाइ त्यसलाई कपडाले मोडेर बा“धि रातभर छोड्ने गरिन्थ्यो र विहान उठ्दा हाट ट्युरीको रङ्गले रातो हुन्थ्यो र शुरुमा यसमा तोरीको तेल लगाउने चलन थियो ।

अहिले शहर बजारमा लगभग ट्युरी लगाउने चलन हराइसकेको छ । जसको स्थान मेहेदीले लिएको छ । मेहेदीको ब्यापार ह्वाट्तै बढेको छ । यसको ब्यापार बढेर हाम्रो अर्थतन्त्रलाई घाटा बाहेक अरु केही हुनेवाला छैन । खरिद गरेको पैसा भारत जाने नै भयो, त्यसमाथि लगाइदिने पनि भारतिय भएत सवै पैसा उतै जानेमा सन्देहै भएन ।
नजिकिंदो तीज
यस बर्ष भाद्र महिनाको दोश्रो साता पर्ने तिज पर्वको असर विस्तारै देखिन थालेको छ । हिन्दु नारीहरुले अपार श्रद्धा गरि परापुर्वकाल देखि मनाउ“दै आएको तिज पर्व केही बर्षदेखि चर्को ब्यवसायीकरण र आडम्वरताको चु“गलमा फ“सेको छ । केही दिनका लागी मनाइने यो पवित्र पर्व अवत महिनौं मनाइन थालेको छ । यस्तो प्रवृति शुरु भएको पनि दुई चार बर्ष भन्दा वढी भएको छैन । विभिन्न ल्कव, महिला समुहहरुले टिकट काट्न लगाएर होटल, पार्टी प्यालेस बुकिङ गर्न लगाएर गरिने दर खाने कार्यक्रम पनि बढ्दो छ । अहिले देखिनै नेपाली विभिन्न टेलिभिजन च्यानलहरुमा तिजको गित घन्कीन थालेको छ । तिज महोत्सव भनेर तिजका सामग्रीहरुको विभिन्न स्टल राखी ब्यवसायीकरण शुरु भइसकेको छ ।

तीजको आफ्नै शास्त्रीय मान्यता र मौलिकता छ यसमा यति विधिको तामझाम गरिरहनु जरुरी छैन । परम्परागत रुपमा जस्तै निराहार बस्नु पुजा उपासना गर्नु कतिपयलाई बैज्ञानिक र ब्यवहारिक नलाग्ला तर यसको सनातन देखि चलिआएको मर्मलाई नै मोडेर तामझाम गरेर ब्यवसायीकरण गर्नु कत्तिको मिल्ने कुरा हो ? आफु आफु मिलेर मनाए भैहाल्यो नी किन महिनौ सम्म दर खाने भनेर चलाउनु प¥यो ?

तीजमा गरिने पहिरन, गहनाको प्रयोग पनि विकृत बन्दै गएको छ । हुने खाने भनाउ“दाहरुले चालीस पचास हजार सम्मको साडी खरिद गर्न पनि नहच्कींदा रहेछन् , त्यो पनि एक पटक लगाए पछि अर्को पटक लगाउन नमिल्ने होला । आफ्नो भए पनि नभए पनि मागेर भएपनि गहना लगाउनु पर्ने कतिपयको बानीले निरन्तरता पाइरहेकै होला ।

हाम्रो सनातन धर्म र नेपाली संस्कार धेरै धनी छ । पछिल्लो समयमा यसमा धेरै परिवर्तनहरु पनि आइरहेको छ । हामीले राम्रो कुराको सिको गर्ने हो नकी अर्काले जे गर्छन त्यसको लहलहैमा लाग्ने । केही बर्ष अगाडी सम्म नामै नसुनेको चलन जस्तै हरियो चुराको चलनले अहिले झ्याप्पै छोप्नु झट्ट देख्नका लागी त राम्रो होला तर यसले हाम्रो संस्कृतिमा बाह्य प्रभावको असर कस्तो रहेछ सजिलै थाहा पाउन सकिन्छ । ब्यापारीहरुले मेहेही, चुरा होस् वा अन्य कुनै चाडपर्वका नाममा अनेक बाहना बनाएर ब्यापार प्रवर्धन गर्न खोज्नु नौलो कुरा होइन । नेपालीको उत्पादन कम, खर्च बढी छ । शहरि गरिवीको संख्या बढ्दो क्रममा छ । क्रय मूल्य बढेकोले संचिति कम छ । चाडपर्व खुशीयाली साथ मनाऔं तर अर्काको लहलहैमा लागेर आफ्नो संस्कृति पनि नविर्सौ । यस्तै यस्तै सिको गर्ने नाममा हामी रित्तिदै गइरहेका छौं ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.