Sorry, that menu does not exist.
 

माओवादी केन्द्रव्दारा गुल्मी चन्द्रकोटमा चुनावी प्रचार सुरु

प्रेम सुनार, गुल्मी, २०७३ चैत २१ । नेकपा माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अन्तरगत विभिन्न गाउँ वडा तह सम्म चुनावी प्रचार प्रसार कार्यक्रम तिव्र रुपमा अगाडी बढाएको छ । जस अन्तरगत वडा नम्वर ८ को तुराङ्गमा पनि आमा भेला गर्दै चुनावी प्रचार प्रशार र कार्यकर्ता प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा २५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा सो पार्टीका पोलिट्व्युरो सदस्य तथा जिल्ला ईञ्चार्ज दिनेश पन्थीले अव स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो पार्टी हुने दावि गरेका थिए । उनले माओवादी केन्द्रको जित स्थानिय तह कार्यन्वयनबाटै भई सकेको र यसको प्रभावबाट माओवादी देशको पहिलो पाटी बन्ने आंकलन गरेका थिए ।

,त्यस्तै जिल्ला सह संयोजक युवराज केसीले नयाँ निमाण भएका गाउँपापलकाहरुको योजनाकार माओवादी केन्द्र भएको हुँदा यसको प्रभावकारी कार्यान्वयनका लागि माओवादी केन्द्र विजयी हुन पर्ने धारणा राख्दै सिङ्गो चन्द्रकोट गाउँपालिका र तुराङ्गमा पार्टीको पहलकदमीमा भएको विकास निर्माण वारे प्रकाश पारेका थिए । कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतले मन्तव्य राखेका थिए ।

तुराङ्ग वडा कमिटीको अध्यक्ष भिमरानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लछु अर्यालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply