Sorry, that menu does not exist.
 

जिल्लास्तरमा बामपन्थी तालमेलका विषयमा बहस चलिरहेको छ : अध्यक्ष थापा

राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न

बुर्तिवाङ २०७३ चैत २० । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिका स्तरीय कार्यकता भेला आज बुर्तिबाङमा सम्पन्न भएको छ । भेलामा यस नगरपालिका स्तरका ९ वटै वडाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ । भेलाले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नगर स्तरीयका ९ वटै वडामा समन्वय समिति गठन तथा निर्वाचन परिचालन समिति र प्रचार प्रसार समितिको गठन गरेको छ ।

भेलाले विभिन्न वडामा निर्वाचन समन्वय समिति गठन गरेको छ । जस अनुसार वडा नं. १ मा सहवीन अर्गेजा, वडा नं. २ मा तमबहादुर घर्ति, वडा नं. ३ मा नरबहादुर सुनार, वडा नं. ४ मा दिलिप बुढाथोकी, वडा नं. ५ मा तुल्सी खरेल, वडा नं. ६ मा चन्द्र बहादुर घर्ति, वडा नं. ७ मा धनबहादुर अदै, वडा नं. ८ मा पनबहादुर विश्वकर्मा र वडा नं. ९ मा जीवन घर्ति रहेका छन् । यसैबीच प्रत्येक वडामा निर्वाचन परिचालन समिति तथा प्रचार प्रसार समिति गठन गरिएको छ ।

यसैबीच भेलाले यही चैत महिनाको २३ गतेदेखि २९ गतेसम्म वडा स्तरको भेला गर्ने र प्रस्तावित उमेदवारहरुको नामावली समेत संकलन गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य धनबहादुर अदैले बताए ।

जस अनुसार वडा नं. १ मा चैत २७ गते भेला आयोजना गरिएको छ । वडा नं. २ मा २६ गते वडा नं. ३ मा २८ गते वडा नंं ४ मा २६ गते, वडा नंं ५ मा २८ गते, वडा नंं ६ मा २९ गते वडा नंं ७ मा २३ गते ८ मा २४ गते र ढ नं. वडामा २५ गते वृहद भेलाको आयोजना गरिने निर्णय गरिएको अदैले जानकारी दिए ।

सबै वडाको भेलामा जिल्ला स्तरका नेताहरुको उपस्थिति रहने जनाइएको छ । कार्यकर्ता भेलासँगै स्थानीय स्तरमा चुनाव केन्द्रित गतिविधिलाई तीव्र पारिने संगठन निर्माण, जनभेटघाट, सदस्यता वितरण लगायत प्रचार प्रसारका गतिविधिहरुलाइ अभियानकै रुपमा सञ्चालन गरिने भएको छ । चुनावी अभियानका क्रममा एक गाउँ एक समिति, एक टोल एक नेतृत्व तथा समिति र एक व्यक्ति एक पर्चा सहितको अभियान सञ्चालन गरिने बताइएको छ ।

ढोरपाटन नगरपालिका समन्वय समितिका संयोजक गौरीश्वर पाण्डेको अध्यक्षता रहेको नगर स्तरीय भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलालाई संवोधन गर्दै प्रमुख अतिथि थापाले, राष्ट्रिय जनमोर्चा तथा त्यससँगै सम्वन्धित सबै कमिटेड सदस्य तथा समर्थकहरुलाई अबको मुख्य ध्यान स्थानीय निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिएका छन् ।

विगतमा पनि यस नगरपालिकाका सबै साविकका गाविसहरुमा राष्ट्रिय जनमोर्चाका उमेदवारहरुलाई विजयी बनाएका जनता अझैपनि यही रहेको बताउँदै थापाले, अव पनि जनता इमान्दार जनप्रतिनिको पक्षमा हुने भएकाले जनताको काम गर्ने इमान्दार उमेदवार राष्ट्रिय जनमोर्चाले मात्र उठाउने भएकाले विजयी सुनिश्चित भएको बताए । त्यसका लागि सबै सम्भावित उमेदवार सदस्य, पार्टी कार्यकर्ता र समर्थकहरु आफ्नो क्षेत्रमा जनस्तरमै पुगेर आफूलाई स्थापित गर्न र निर्वाचन आफ्नो पक्षमा पार्न लाग्न आग्रह गरे ।

अध्यक्ष थापाले, पार्टीले स्थानीय निकायको निर्वाचनमा विचार र सिद्धान्तसँग मिल्ने शक्तिसँग तालमेलको प्रस्ताव खुल्ला रहेकाले, जिल्लास्तरमा बामपन्थी तालमेलका विषयमा बहस चलिरहेको पनि बताए । तालमेल भएपनि नभएपनि आफ्ना जनतासँग निरन्तर साथमा रहन उनले कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य टेकबहादुर घर्तिले राष्ट्रिय जनमोर्चा नै यस नगरपालिकाको मुख्य दावेदार राजनैतिक शक्ति भएकाले अझ सशक्त रुपमा कार्यक्रमका साथ लाग्नसु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दुर्गादेवी घर्ती, प्रगतीशिल पत्रकार संघका जिल्ला उपाध्यक्ष लोकेन्द्र सुनार, जिल्ला सदस्य पनबहादुर विक, शिक्षक संघका जिल्ला उपाध्यक्ष दुर्गा भण्डारी, लगायतले पनि आ आफ्ना धारणा राखेका थिए ।

भेलामा उपस्थित सबै वडाका नेतृत्व तथा अगुवा कार्यकर्ताहरुले आफ्नो वडाको रिपोर्टङ गर्दै अव जनतासँगको निरन्तर भेटघाट र आफ्ना राजनैतिक तथा बैचारिक कुराहरुलाई बुझाउँदै आफ्नो प्रतिनिधिहरुको प्रचार प्रसारमा लाग्नु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर घर्ति मगरको स्वागत मन्तव्य तथा धनबहादुर अदैको सञ्चालनमा भेला सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply