अजोडले ग-यो पकुवा पञ्चासे साझेदारी कृषी फर्मको आलु विमा दावीको भुक्तानी !

निर्मल पौडेल पर्वत २०७६ा साउन २४ । अजोड नन्लाईफ इन्स्योरेन्स प्राईभेट लिमीटेड शाखा कार्यलय कुस्माले कुस्मा नगरपालिका ११ पकुवामा किसानले लगाएको आलुमा क्षेती भएपछी विमा दावीको रकम भुक्तानी गरेको छ । असिना पानीले आलु सखाप पारेपछी पकुवा पञ्चासे साझेदारी कृषी फर्मले क्षतीपुर्ती स्वरुप दावी भुक्तानी गरेको थियो ।

पकुवा स्थित १५ रोपनी क्षेत्रफलमा लगाएको आलु गत जेष्ठ ९ गते परको असिना पानीले पुर्ण रुपमा क्षती पु¥याएको थियो । सवै आलु सखाप भएपछी कृषी फर्मले २ लाख ४४ हजार ८ सय रुपैँया केही समय अगाडी दावी गरेको थियो । फर्मको दावी अनुसार अजोडले शुक्रवार कुस्माको लोकतान्त्रिक चोकमा आफ्नै कार्यलयमा वोलाएर फर्मका सञ्चालक सदस्य जगन्नाथ पौडेललाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेको हो ।

चेक अजोड कुस्मा शाखा प्रमुख हरि सुवेदीले विमित पौडेललाई हस्तान्तरण गरेको अजोडका विक्रम ढुङ्गानले जानकारी दिएका छन् ।

चेक वुझ्दै पौडेलले आलुलाई असिनाले क्षती पु¥याएपनी वेलैमा विमा गरेकोले केही मात्रामा भएपनी राहत पाएको वताए । पर्वतका कतिपय ठाउँका किसानलाई व्यवसायिक कृषीको वारेमा थाह छैन कृषी विमाको कुरा त परै छ तर पकुवाका व्यावसायिक कृषकले कृषी फर्म मार्फत नै व्यवसाय गर्दै आईरहेका छन् । कतिपय विमा कम्पनीहरुले विमित हरु लाई ठगीराखेको अवस्थामा अजोडले आफ्नै कार्यलयमा वोलाएर जोखिम वहन गर्नेहरु लाई पुरा रकम हस्तान्त्रण गदैै आएको शाखा प्रमुख सुवेदीको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.