बेनीबाट भकिम्ली जाँदै गरेको जीप दुर्घटना, एक जनाको मृत्यु, १३ जना गम्भीर घाईते !

रामप्रसाद घिमिरे, म्याग्दी वेनी, २०७६ साउन २२ । म्याग्दी जिल्लाको बेनी नगरपालिका -३ हल्लेगौँडामा ग १ ज ७०५६ नंको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप सदरमुकाम बेनीबजारदेखी भकिम्ली जाँदै गर्दा ५ बजेको समयमा हल्लेगौंडाबाट सडक देखी करीव ३५ मिटर तल खसी दुर्घटना भएको हो । सो दुर्घटनामा जीप चालक सहित १३ जना गम्भीर घाईते भएका छन् र उनिहरुलाई थप उपचारका लागी पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिए । सो दुर्घटनामा मृत्यु हुनेमा बेनी नगरपालिका ३ मुसुङका ५५ वर्षिय मित्रबहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते हुनेहरुमा जीप चालक बेनपा ३ मुसुङका ३४ वर्षिय यमबहादुर श्रीस (अचेत), ऐ बस्ने वर्ष ३० का ईन्द्र बिक, ऐ बस्ने वर्ष ४५ का आईतराम बिक, ऐ भकिम्ली बस्ने वर्ष ४५ की रुपा घर्ती, बेनपा ३ बरंजाकी वर्ष ४० की ज्ञानकुमारी श्रीस, ऐ बस्ने वर्ष २५ का बिशाल शाक्य, उनकी श्रीमती वर्ष २२ शान्ता शाक्य र छोरी वर्ष ३ की शाहिक शाक्य, मंगला गाउपालिका ८ बस्ने वर्ष ३० का बिक्रम सुनार, बेनपा ३ भकिम्ली बस्ने वर्ष ३० की भूमिदेवी खत्री बेनपा बरंजा बस्ने वर्ष ६०की बुद्धिसरा सुनार, ऐ डाँडाखेत बस्ने वस्ने वर्ष ७१ का डम्बरबहादुर छन्त्याल र बागलुङ नगरपालिका ३ गुठी बस्ने वर्ष २१ की मन्जू खत्री रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.