नगद १ लाख ९ हजार बढी रकम सहित १९ जना जुवाडे पक्राउ !

म्याग्दी २०७६ साउन २२ । पोखरा महानगरपालिका-११ फुवारी डेरा गरी बस्ने म्याग्दी घर भएकी ४४ वर्षीया आशा तिलिजाको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा आशा तिलिजा समेत ४ जनालाई नगद ६७ हजार ४ सय ७५ रुपैयाँ र ३ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी पोखरा महानगरपालिका-२५ हेम्जा डेरा गरी बस्ने सोम बहादुर छम्त्यालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय विक्कल बिक समेत १५ जनालाई नगद ४१ हजार ७ सय ७५ रुपैयाँ र ६ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.