को हुन यी मृतक ? कसरी मरे ? या कसैबाट मारिए ?

बागलुङ २०७६ साउन २० । बागलुङ नगरपालिका १ बाँगेचौर स्थित कालिका भगवती मन्दिर परिसरमा रहेको प्रतिक्षालयमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निज अपरिचित व्यक्ति मृत अवस्थामा रहेको जानकारी पाउँदा साथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रकृति मुचुल्कादि तयार गरी शवको पोष्टमार्टमका लागी धौलागिरी अन्चल अस्पतालको शव गृहमा राखिएको छ ।

अन्दाजी चालीस पैचालिस वर्ष उमेरको, गहुँ गोरो वर्णको कपाल छोटो भएको प्लाष्टिकको रातो म्याजिक चप्पल, खैरो पाईन्ट, सेतो खैरे बुट्टा भएको कमिज, EXCEL लेखिएको धातुको चेनभएको घडी लगाएको करीब ५ फिट ७ ईन्च अग्लो हुलिया भएको पुरुषको अभिभावक तथा आफन्त खोजतलास गरी जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न पठाई दिन प्रहरीले अनुरोध गरेको छ ।

मृतकको मुखको बिभिन्न भागहरुमा चोट लागेको अवस्थामा शव उत्तानो रहेको छ । पहिचान खुली नसकेका मृतक को हुन् ? मारिएका हुन कि, मरेका हुन भन्ने कौतुहलता स्थानीयले व्यक्त गरेका छन् । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.