गुल्मी समाज भिक्टोरिया, अष्ट्रेलियाव्दारा भदौ ९ गते तीजगीतको आयोजना गरिने !

कौरव खत्री, गुल्मी २०७६ साउन १६ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको मेल्वर्न शहरमा तीज गीत कार्यक्रम गरिने भएको छ ।
आउँदो २६ अगस्ट अर्थात आगामी भदौ ९ गते अष्ट्रेलियाको मेल्वर्न शहरमा नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीजगीत कार्यक्रमको आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

नेपाली कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गदै युवा पुस्तामा हाम्रा मौलिक कला संस्कृतिहरुलाई हस्तान्तरण गर्ने उद्देश्य अनुरुप कार्यक्रम गर्न लागिएको सचिव अर्यालले बताए ।

हाल रोजगारीको शिलशिलामा अष्ट्रेलियाका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरु एवं गुल्मेलीहरुलाई उक्क्त तीज गीत कार्यक्रममा सहभागि हुनको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले आग्रह गरेको छ ।

कार्यक्रमलाई भव्य र सव्य बनाउनका लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले यतिबेला व्यापक प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.