सिसाखानीमा पहिरोलो पुल बगायो , मोटरबाटो क्षतबिक्षत, सकसपुूर्ण यात्रा गर्न बाध्य !

हेम विश्वकर्मा, बडिगाड २०७६ साउन १४ । बडिगाड गाउँपालिका वडा नं २ र ३ को सिमानामा पर्ने जोर्ति खोलाको पुल पहिरोले बगाएपछि स्थानियले काठको पुल (फड्के) निर्माण गरेका छन् ।

गत साउन ८ गते अबिरल बर्षा सँगै माथि बाट खसेको पहिरोले पुल बगाएको थियो । पहिरोले पुल बगाएसँगै सो ठाउँमा जोखिम बढेकाले तत्कालका लागि स्थानियले काठको पुल निर्माण गरेका हुन् । मोटबाटोबाट लाभाम्बित हुन नसकेका सिसाखानी तल्लो भेगका स्थानियले बजार आवतजावत गर्नका लागि यहि बाटो प्रयोग गर्दै आएका छन् । उता माथिल्लो भेगमा मोटरबाटो पुगेतापनि बर्खा लागैसँगै दर्जनौँ ठाउँमा पहिरो गएकाले हिउँद नलागुञ्जेलसम्म सवारीसाधन आउने सम्भावना नरहेको स्थानिय तारा थापाले बताए ।

बर्षात सुरुभएसँगै सिसाखानीका अधिकांस स्थानियले आउजाउ गर्ने यो ब्यस्त बाटोमा यतिबेला जोखिम बढेको र यसको समाधानकालागि कहिँकतैबाट आश्वासन नआएको स्थानिय गोपीराम काउचाले बताए । यस सम्बन्धमा सोही वडाका वडा अध्यक्ष खड्क पुन सँग बुझ्दा उहाँले स्थानियको सक्रियताप्रति आभार प्रकट गर्दै बिपत्तिले पु¥याएको क्षेतिप्रति वडाले समाधान खोज्ने बताए ।

सिसाखानी मै बिभिन्न समयमा परेको बर्षाले वडा कार्यलयमाथिबाट खसेको पहिरोले कोठाभित्र भल समेत छिर्ने गरेको छ । ठुलो पानि पर्दा कार्यलयका ३ वटा कोठामा पानि पसेर जलमग्न हुने गरेको कार्यालय सहयोगी समिर पुनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.