नारायणस्थानको कैया खेतमा पानी लगाउने काम गर्दै आएका शर्मा मृत फेला !

बागलुङ २०७६ साउन १४ । बागलुङ नगरपालिका १४ नारायणस्थान कैयाका ५० बर्षिय बालकृष्ण शर्मा गत साउन १३ गते राति मृत अवस्थामा फेला परेका छन् । कैया खेतमा पानी लगाउने जिम्मा लिएका शर्मा कुलोमा पानी चलाउने क्रममा चिप्लिएर लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक रामभक्त भट्टराईले जानकारी दिए ।

शर्मा विगत दुई वर्ष देखी धापाखोला कैया सिंचाईका लागि कुलो चलाउने जिम्मा लिएका थिए । शर्मालाई स्थानियले रातको १०. ३० बजे कुलोमा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी आधारभुत बिद्यालय नारायणस्थान कोलपाटाको पुर्व शिक्षक समेत हुन् । शर्माको शव पर्वत जिल्ला अस्पतामा पोष्टमार्टम पश्चात आफन्तहरुले दाहसंस्कार समेत गरिसकेका छन । घटनको थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.