प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार प्रेमनारायण आचार्यलाइ

काैरब खत्री, गुल्मी २०७६ साउन १४ । यस बर्षको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार अर्घाखाँचीका पत्रकार प्रेमनारायण आचार्यलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. २० हजार राशीको पुरस्कार आचार्यलाई प्रदान गरिएकाे हाे । नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणि पाेख्रेलले नगद २० हजार सहित सम्मान पत्रले पुरस्कृत गरेका हुन ।

अर्घाखाँची ज्रिल्लामा रही विगत १२ बर्ष देखि व्यवसायीक रुपमा सक्रिय पत्रकार आचार्यले अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक , एभिन्युज टेलिभिजन, उज्यालो नेटवर्क, र रेडियो देउराली सन्धिखर्कमा कार्यरत छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.