फोनबाट गाली गर्नेहरुलाई त एक बर्ष जेल ? चिठीपत्रबाट गाली गर्नेहरुलाई कति होला सरकार ?

प्रेम सुनार

अहिलेको सुचना प्रविधी भनेको हिजोको दुर सञ्चार सेवा अन्तर्गतको आकाश वाणी र चिठी पत्र पनि हो । अझ त्यो भन्दा पहिला गन्र्धव अझ त्यो भन्दा पहिला कागहरु थिए भनिन्छ दुरसञ्चार सेवक । अहिले पनि दुर्गमगाउँमा दुरसञ्जार सेवाका रुपमा चिठी पत्र अस्तित्वमा छ ।

अहिले पनि कतिपय दुर्गम गाउँमा चिठी पत्र मार्फत माया प्रेम गर्ने, कुनै सकरात्मक सामाजिक सन्देश दिने र गाली गलौज गर्ने समेत गर्नेहरु छन । यसपालीको सरकारले सञ्चार जगत देखि सुचना प्रविधि प्रयोग गर्ने सामन्य नागरिक समेतलाई कडा कार्वाहीको लागि प्रवधान गर्ने चर्चा चलिरहेको छ ।

दुरसञ्चारको माध्यमबाट कसैलाई गाली , धम्की वा दुख दिए १५ लाख सम्म जरिवाना र एक बर्ष सम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाईएको सुनिएको छ । फोन वा म्यासेज मार्फत त्यसो गरिएको उक्त जरिवान , सजाय वा दुबै हुन सक्ने भनिएको छ भन्ने सुनिन्छ । तर अरु माध्यमबाट गाली गलौज गर्नेलाई भने कुनै सजायको विद्येयक ल्याएको छैन ।

जसले गर्दा म आफु पुरानै सुचना प्रविधि चिठी पत्र मै फर्कियौ कि जस्तो महशुस गरेको छु । फेरी म आफु चिठी पत्रमा फर्किए पछि यसले ठिकै ग¥यो । कमसेकम कसैलाई गाली गलौज गरियो भने कार्बाहीमा त परिएन भनेर चिठी पत्र प्रयोगकर्ता बढे भने फेरी यो सरकारले चिठी पत्र विद्येयक पनि नल्याउला भन्न सकिन्न । यसर्थ धोरोमरो भएको छु । लाग्छ बरु कुनै स्वतन्त्र तर अनुशासित मुलुकमा गएर शरण लिई दुख गरेर बसुँ र पनि सुखी हुने छु ।

मलाई लाग्छ सुचना र सञ्चार क्षेत्रमा अहिलेका माननिय सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाज्यु एशिया विज्ञ मात्र होईन विश्व विज्ञ नै भएर सुचना प्रविधिको क्षेत्रमा निकै विद्येयक ल्याउन लाग्नु भएको होला । नत्र यस अघिका सञ्चार मन्त्रीहरुले यस्ता तमाम विद्येयकहरु ल्याई सक्थे ।

तर सञ्चारमन्त्रीज्यु फोनबाट बोलेर गाली गर्नेहरु र फोनको म्यासेजबाट गाली गर्नेहरुमा सजायको ब्यवस्था फरक हुनु पर्छ । किनकी बोलेर मैले कसैलाई गाली वा धम्की दिएँ भनि त म सजायको भागी हुन तयार हुने छु । तर मैले फोन छोडेर कतै गएको बेला मेरो चञ्चले छोराले त्यस्तै सजाय पाउने खालेको म्यासेज लेखेर सेन्ड ग¥यो भने म निर्दोष जाक्कीन परेन त हजुर ? त्यही मेरो छोरा भनाउँदो अलि अँस्ती एउटी नानीको घरमा पुगे छ र उनको घरको केराको पातमा ‘आईलभ यु सञ्जु’ भनेर लेख्न मरेछ । मलाई सावा कचेरी गराईयो । उसलाई कान समातेर उठवस गराईयो ।

त्यति मात्र होईन माननिय सञ्चार मन्त्री बास्कोटाज्यु , म गाउँलेहरुको तर्फबाट निवेदन गर्छु कि गाई भैसीले दुध नदिदा पनि पाँडे गाली गरेर हैरान पार्ने गरेका छन । छिमेकीको एकाघरको धुरी तोकेर , रुप रंग , अग्लो पातलो , होचो अग्लो तोकेर पाँडे गाली मात्रै गर्दैनन लौ परमेश्वर यसको छ महिना भित्रमा त्यसको लल्ला बिल्ला होस भनेर देउता भक्काल्ने समेत गरेका छन ।

कसैले बोको , कसैले कुखरा , कसैले परेवा कसैले पाडो भक्कल गर्ने गरेका छन । नभन्दै संयोगले हो उसको घरमा मोरो परेको तर देखिस पाप धुरीबाट करायो भनेर पाँडे गालीले संकेत गरेर त्यसै त पीडामा भएको परिवारलाई थप पीडा दिने गरेका छन । सायद माननिय मन्त्री ज्यु पनि गाउँमै जन्मे हुर्केको मान्छे हो क्यारे । यदि हो भने गाली गलौज र ज्यान मर्ने थम्की भुईको धुलोमा वा घर कि त पर्खालको भित्तामा पनि दिईने गरिएको छ ।

यसर्थ चिठी पत्र विद्ययेक , पाँडेगाली विद्येक, भित्ते लेखन विद्येयक पनि ल्याएर कडा सजायको ब्यवस्था पनि गरिए कसो होला ? झारपातमा पनि लेख्ने गरिएको छ । झारपात विद्येयक पनि ल्याउने तर्फ यहाँको दुरदृष्टि पुगे कसो होला ? यहाँलाई एटा कुरा स्मरण गराएँ । तपाई हाम्रा पालामा झाम्रे गाउने चलन थियो । त्यो ताका सिठी मारेर , कुर्लेर तन्नेरीले तरुनीलाई रातमा बोलाउने संकेत गर्दथे ।

त्यो संकेत उनका बाबु आमाले सजिलै बुझेर छोरीलाई तनाव दिन्थे । त्यो तनाव भोग्दा ती छोरीलाई कस्तो भए होला ? अहिले पनि दुर्गम गाउँमा त्यस्तो गर्ने झिल्केहरु नभए होलान भन्न सक्दिँन हजुर । यसर्थ सिठी बजाउने र कुर्लिने विरुद्धको विद्येक पनि ल्याउनु भए कसो होला ? तपाई हाम्रा पालाको कुरा नगरौ कि हजुर । यहाँलाई अरु विद्येयक ल्याउन झण्झन झन थपिएला ।

जस्तो कि यहाँलाई थाहै छ उति बेला महिलाहरुले खुट्टा धुँदा पैतला भन्दा माथी देखाउन पनि लजाउँथे । अहिले त हजुर देखाउन नहुने ठाउँ पनि कपडा नामको जालीले झर्लङ्ग र निर्धक्क देखाईन्छ । महिलालाई मात्र के दोष ? पुरुष मध्येका युवाहरुले पाईन्ट लगाउनु पर्ने कहाँ हो भन्नुस त हजुर ? तर उसले लगाएको पाईन्ट हेर्दा लाज लाग्छ कि त्यति त तपाई हामी शौच बस्दा पनि खुल्ला पार्दैनौ होला ।

हेर्नुस त आजघकलको पाईन्ट ? निकै ठुलो युद्ध गर्दा तपशिलका ठाउँ ठाउँमा घर्षण भए जस्तो । कुनै काँडा वा रुखले च्यातिएर धुजाधुजा परे जस्तो । हुन त सायद युद्ध लडेरै होला वा युद्ध लड्न जाने तयारीमा रहेर होला तर पनि हामी बुडापाका मान्छेहरुलाई अलि नपच्ने हजुर हुन्तो ? यसर्थ हामी बुढापाकाहरुलाई पनि न्याय हुने गरी त्यस्ता कपडा लगाउन पनि बन्देज गर्ने गरि विद्येय ल्याई दिए कसो होला ?

साँच्ची सञ्चार मन्त्री ज्यु, मिल्ने भए छुवाछुत मुक्त राष्ट्रघोषणा भएको १४ बर्ष लागि सक्यो तर पनि अहिले सम्म यो देशका दलितहरुले त्यो जातिय विभेद मात्रै होईन मुटुमा काँडो बिझे जस्तो गरि सार्वाजानिक ठाउँ मै जात चकारेर , रुप रंङ्ग चकारेर गलाी गलौज र शरिरभरी निलाडाम हुने गरि कुटाई समेत ्खाएका छन यो देशका दलितहरुले ।

मन मिलेर प्रेम विवाह गरेर गएका जोडीहरुलाई झुटो मुद्धा लगाएर जेल कोचिएको छ । दलितहरुको नागरिकता मै काले गोरो , राते सेते, नेप्टे, चेप्टे , चुच्चे , कुकुर कुकर्नी भनेर गाली गरिएको छ हिजोका सरकारी कर्मचारीद्धारा । उनीहरुलाई नयाँ विद्ययेक ल्याएर कार्वाही गरि दिए अवका कर्मचारी कत्ति सच्चीन्थे होला ? तर यस तर्फ यहाँ र अहिलेको मन्त्री परिषदको ध्यान जान सकेन । एउटा मानवलाई कुकुर संग दाँजेर नागरिकतामा नाम राखिदा पनि बिरोध गर्ने सच्चाउने कोही छैन । यहाँलाई मैले उठाएको यो कुरा कपोकल्पीत पनि लाग्न सक्छ । यसर्थ बाग्लुङ्गको ढोरपाटन नगरपालिका–८ साविकको बोबाङ्ग गाविस वडा नम्वर ४ की एउटी दलित महिलाको नागरिकताको प्रतिलिपी यसै साथ स–प्रमाण पेश गरेको छु । उनको नागरिकतामा कुकरनी कामी लेखिएको छ । कुकुरनी स्थानिय बोली भाषमा कुकुर र स्त्री जातीको कुकुरलाई भन्ने गरिन्छ । यो कुनै जमानामा बनाईएको नागरिकता होईन । गणतान्त्रिक सरकारकै पालामा अर्थात २०६३ साल फागुन १५ गते बनाएको नागरिकता हो । जसमा प्रशासनका राजेश गुरुङ्गले हस्ताक्षर गरेका छन ।

महिलाहरु पनि हिजोका पुरातनवादी सोचहरु भएका मानिसहरुको शिकार भएका छन । अन्य पछाडी परेका वर्ग समुदायको अवस्था प्रति पनि तपाईहरुको ध्यान छैन । अझै पनि मधेसीमुलका मानिसहरुलाई मेरो सरकार कहाँ छ भन्ने अवस्था छ । अरु समुदायले उनीहरुकै जमिनमा घडेरी किनेर आलिसान महल बनाए । महल मात्र होईन उनीहरुको सबै जग्गामा दलाली गरेर अर्बऔ कमाएर उनीहरुबाटै भोट लिएर मन्त्री सम्म बनेका तथ्यहरु पनि सञ्चार माध्यममा आई सकेका छन ।

उनीहरु बोल्न पाउने कि नपाउने ? उनीहरुको आवज बुलन्द गर्न सञ्चार माध्यामले पाउने कि नपाउने ? तपाई अहिले गणतान्त्रिक युगमा हुनुहुन्छ । जहानिया राणशासन फाल्दा जनता बोल्नु प¥यो कि परेन ? पत्रकारले लेख्न प¥यो कि परेन ? २००७ सालको परिवर्तनमा पनि कलमहरु लौहा सावित भएकी भएनन ? २०४६ को परिवर्तन ल्याउन तपाई आफैले लेख्नु प¥यो कि परेन ?

माफ गर्नु होला, तपाई एक जमनाको पत्रकार भएको हैसियतले नेपालको सञ्चार क्षेत्रमा आबद्ध सञ्चारकर्मीको हितमा थुप्रै काम गर्नु होला भन्ने अपेक्षा थियो तर उल्टै पाता कस्ने विद्येयक ल्याउनु भयो । यसर्थ हजुरलाई मुखले सञ्चारमन्त्री भने पनि मनले ‘सञ्चार होईन जारमन्त्री ’ भन्न विवस छन यहाँका सञ्चारकर्मीहरु ।

कृपया मुख थुन्ने होईन जबरजस्त थुनिएका मुखहरु खोल्ने तर्फ लाग्नुहोस । अनुशासित मुलुक बनाउन सर्वसाधरणको सुचना प्रविधिमा बन्देज होईन खुल्ला बनाउनुस । आफ्नौ सरकारी कार्यालयहरुमा सिसीटिभी जडान गरेर चोरी हुनबाट र घुस कमिशनको व्रार्गेनिङ्गको रेकर्ड गराएर भ्रष्टचार रोक्ने प्रयत्न गर्न नसकेको सरकारले सर्वसाधरणको सुचना प्रविधिमा अंकुस लगाउन कत्ति जायज होला ? आफै मनन गर्नु होस । यो मेरा आवाज होईन समस्त न्याय र लोकतन्त्रवादी नेपालीहरुको आवज हो । मैले नै लेखे बेलेको आधारमा कार्वाही हुने भएँ म सहर्ष तयार छु । भोली अरु पनि हुने छन । यहाँहरुले घरवास विहिन जनतालाई बास बनाई दिनुको साटो लाखौ जनतालाई कोच्ने जेल बनाउन मुस्कील पर्नेछ ।
( यो मेरो वाक स्वतन्त्रता अन्तर्गत नीजि बिचार हो )

लेखक ईबागलुङ डटकमका संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *