राष्ट्रिय सहकारी बैंकका सञ्चालकद्वारा आदर्श सञ्चारको अनुगमन !

बागलुङ २०७६ साउन १२ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाको अवलोकन भ्रमणको लागि आएका राष्ट्रिय सहकारी वैंकका सञ्चालकलाई स्वागत गरेको छ । आइतबार राष्ट्रिय सहकारी बैंङकका सञ्चालक तथा कर्णली प्रदेश संयोजक हरिहरनाथ योगी र सञ्चालक माधवलाल देवकोटालाई आदर्श सञ्चार सहकारी संस्थाको कार्यालयमा स्वागत गरिएको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले बताए ।

स्वागत कार्यक्रममा बोल्दैं राष्ट्रिय सहकारी बैंङकका सञ्चालक तथा कर्णली प्रदेश संयोजक हरिहरनाथ योगीले राष्ट्रिय सहकारी बैंङकले सदस्यहरुको सहजताको लागि एटिम सेवाको बारेमा अध्यायन गरिराखेको बताए ।

उनले पछिल्लो समय सञ्चार माध्यमको कारणले देशव्यापी रुपमा सहकारीको जागरण पैदा भएको बताएका थिए ।

त्यस्तै कार्यक्रममा बैंङकका सञ्चालक माधवलाल देवकोटाले सहकारीको माध्यमबाट सञ्चार माध्यमको परिकल्पना कमै मात्रामा गरिने गरेको भन्दैं सफलताको शुभकामना व्यक्त गर । उनले सम्वृद्धि भनेको पैसा मात्र हो भनेर तुलना गर्दा पछिल्लो समय सहकारी संस्थाहरु दुर्घटनामा परेको भन्दैं सकारीको माध्यमबाट सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए ।

संस्थाका कार्यकारी सम्पादक दिल श्रीसले संस्थाले प्रकाशन गर्दै आएको धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै संस्थाका प्रबन्धक दिपकराज सापकोटाले संस्थामा एक हजार तिन सय ४७ जना शेयर सदस्य, २ करोड ९८ लाख ३ हजार रुपैया शेयर पुजी र १५ करोड १८ लाख ९३ हजार ६ सय ७५ रुपैया रहेको जानकारी गराएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता र उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.