म्याग्दी जनस्वास्थ्यका निमित्त प्रमुख सहित चारजना कर्मचारी घुस रकम सहित पक्राउ !

म्याग्दी २०७६ साउन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याग्दी जिल्ला स्थित जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख सहित चार जनालाई घुस लिएको रु १ लाख ३० हजार सहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनस्वास्थ्य निरीक्षक (निमित्त कार्यालय प्रमुख) भीमप्रसाद आचार्य, स्टोरकिपर रघरनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी रहेको अख्तियारले जनाएको छ ।

कार्यालयबाट सन्चालित बिभिन्न कार्यक्रमको पेस्की फछ्र्यौट गरिदिने भनि घुस लिँदै गर्दा कार्यालय परिसरबाटै निजहरुलाई अख्तियारले नियन्त्रणमा लिएको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.