सत्यवती गाउपालिकाका पहिरो पीडित परिवारलाई नेपाली काँग्रेस व्दारा राहत वितरण !

कौरव खत्री, गुल्मी २०७६ साउन १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी सहीतको टोलीले सत्यवती गाउपालिकाको पहीरो ग्रस्त क्षेत्र लिम्घामा पहिरोबाट पीडित परिवारहरुलाई राहत वितरण गरेको छ । हिँजो देखी शुरु भएको राहत वितरण कार्यक्रम जारीरहेको नेपाली कांग्रेस गुल्मीले जनाएको छ । आज लीम्घामा मृतकका परिवारका लागि ५।५हजार बितरण गरेको गरीएको छ ।

नेपाली कांग्रेसका नेता भण्डारी सहितको टोलीले सत्यवती गाउपालिकाको पहीरो ग्रस्त क्षेत्रमा हिँजो पनि राहत वितरण गरेको थियो । जनताको पीडामा मलहम पट्टी लगाउन सत्यवती गा पा ३ ठुलो लुम्पेकमा ५ घन्टाको हिडाई र पहिरो निरीक्षण पश्चात जनतामाझ उपस्थिति भएर नेता भण्डारी सहीतको टोलीले २ लाख नगद तथा टेन्ट,लत्ता कपडा ,खाद्यान्न, अौषधी लगायत मृतकका परिवारका लागि थप ५/५हजार बितरण गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.