गुल्मी छापचौरमा घर भत्किदा १ जनाको मृत्यु ५ जना घाइते !

केशबराज क्षेत्री, छापचौर गुल्मी २०७६ साउन १२ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ छापचौरमामा शनिबार राति घर भत्किदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

२०७२ बैशाख १२ को बिनासकारी भुकम्पबाट जिर्ण घर भत्किदा वर्ष १३ का चुन्न परियारको मृत्यु भएको छ भने सोही परिवारका वर्ष २८ की खिमा परियार, वर्ष ३३ का प्रदिप परियार, वर्ष १२ का साजन परियार वर्ष १ की सोनि परियार र वर्ष ३४ का भेषकुमार परियार घाइते भएका छन् ।

स्थानीय र भुर्तुङ प्रहरी कार्यालयका प्रहरीहरुको सहयोगमा घाइतेहरुको राति नै उद्दार गरिएको थियो । टिनको छाना भएको तिनतले घर सुतेको बेला राति पौने ११ बजे भत्किएको हो । एक्कासी घर भत्किदा एउटा गोरु पनि मरेको स्थानीय अनिश ढकालले बताए ।

घाइतेहरुको अवस्था सामान्य रहेको र घाइतेहरुलाई राति नै भुर्तुङ स्वास्थ्य चौकीबाट पाल्पाको मिसन हस्पिटलमा रिफर गरिएको भुर्तुङ प्रहरी चौकीले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.