सामाजिक सदभाव सहितको एकता र समृद्वि अहिलेको आवश्यकता: वडा अध्यक्ष थापा

गल्कोट २०७६ साउन १२ । गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले राष्ट्रिय विभुतीहरुले देखाएको मार्गलाई अनुसरण गर्दै सामाजिक सदभाव सहितको एकता र समृद्वि अहिलेको आवश्यकता रहेको बताएका छन् । सातसय बगाले थापा समाज मल्मले राष्ट्रिय विभुती बडाकाजी अमरसिंह थापा र भीमसेन थापाको २६८ औं र २४४ औं जन्म जयन्तीको अवसरमा आयोजना गरेको जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । समृद्व समाज निर्माणको लागि बन्धु एकता र आपसी सदभाव अपरिहार्य रहेको वडा अध्यक्ष थापाको भनाई छ ।

राष्ट्रिय विभुती थापाहरुको सम्झनामा बगाले समाजले प्रत्येक वर्ष गलकोटमा जन्मोत्सव कार्यक्रम गर्दै आईरहेको छ । पुर्खजले देखाएको सहि मार्गको अनुसरण गर्दै सामाजिक सदभाव सहितको बन्धु एकता र समृद्व समाज निर्माण कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । जन्मोत्सव कार्यक्रममा राष्ट्रिय विभुतिहरु अमरसिंह थापा र भीमसेन थापाको सम्झनामा तस्विरमा फुल माला अविरद्वारा माल्यार्पण गरिएको थियो ।

सो अवसरमा सातसय बगाले थापा समाजका केन्द्रिय प्रतिनिधी छुम बहादुर थापा, संरक्षक दुर्गा बहादुर थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, वडा सदस्य लोक बहादुर थापा, पुर्व उपाध्यक्ष ज्ञान बहादुर थापा, लेखा समिति संयोजक केहरसिंह थापा र पुर्व सल्लाहकार सुवेदार देव बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष घनश्याम थापाको स्वागत मन्तव्य र सचिव टोप बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.