प्रेम सुनार, गुल्मी, २०७३ पुस २३ । गुल्मी जिल्लाको विकास निर्माणमा सम्भवत पहिलो पटक एउटा सडकमा एकै साथ सवै भन्दा बढि रकम सरकारबाट स्वीकृत भएको छ । गुल्मीको रेसुङ्गा देखि प्युठानको स्वर्गव्दारी जोड्ने तम्घास खाम्सेपानी , नयाँगाउँ नादी डढुवा घिउपानी पटौैती मलायगिरी सडक स्तरोन्तीका लागि अर्थ मन्त्रालयबाट ४८ करोड ७३ लाख रुपैयाँ स्वीकृत भएको श्रोतले बतायो ।
उक्त समाचारको आभिकारिक पुष्ट्याँईका लागि त्यस मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तथा नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थी संग सम्पर्क राख्दा उनले उक्त रकम अर्थमन्त्रालयबाट स्वीकृत भई निकासी र काम थालनीका लागि भौतिक योजना मन्त्रालयमा गई सकेको जानकारी दिए ।
उनले आफु सोही कार्यका लागि काठमाडौं आई पुगेको बताउँदै अन्य विकास निर्माणमा पनि रकम पार्नका लागि सांसद चन्द्र भण्डारीको सहयोग लिई रहेको जनाए ।
उनले भने–‘सांसद चन्द्र भण्डारी ज्युको पहल अन्य विकास निर्माणमा पनि रहेको छ त्यसमा पनि तम्घासबाट क्याँकुलेको मोटरबाटाको स्तरोन्तीका लागि भएको पहलप्रति हामी कृतज्ञता जाहेर गर्दछौं । ’
२०६१ सालबाट तम्घास देखि खन्न सुरु गरिएको उक्त मोटरबाटो अन्तरगत क्याँकुलीको भिरमा विशाल पहरो भएका कारण रकम अभाव भए पनि ३ वर्ष सम्म अलपत्र परेको थियो । त्यो अवस्थामा उपभोक्ताहरुको भेलाले खिलध्वज पन्थीलाई अध्यक्ष चयन गरे पनि काम अगाडी बढेको थियो ।