रोटरी क्लब अफ बुर्तिबाङ ढोरपाटनको बैठक सम्पन्न !

छविलाल पाण्डे बुर्तिवाङ २०७६ साउन ११ । बुर्तिबाङमा रोटरी क्लब अफ बुर्तिबाङ ढोरपाटनको बैठकसम्पन्न भएको छ । क्लबका अध्यक्ष शान्ताराज शर्माको सभापतित्वमा भएको बैठकमा बुर्तिबाङ क्षेत्रका समाजसेवी, बुद्धिजिवी,उद्यमी, पेशाकर्मी, शिक्षक लगाएतको सहभागिता रहेको थियो ।

समाज रुपान्तरण, नेतृत्व विकास, स्वास्थ्य शिक्षा लगाएतका क्षेत्रमा काम गर्ने गरी नेपालमा ११८ औँ क्लबको रुपमा बुर्तिबाङमा यो क्लब स्थापना भएको र यसको दर्ता प्रकृया सँगै भावी कार्य योजनाका बिषयमा छलफल गरिएको क्लबका सँस्थापक अध्यक्ष शर्माले बताए ।

केहि महिना देखिको प्रयासमा बुर्तिबाङमा गठन भएको क्लबमा हालसम्म ४२ जना सँस्थापक सदस्यहरुको सहभागिता रहेको छ । क्लबका अध्यक्ष शर्माले विगतमा रोटरी इन्टरनेशनल क्बलमा आबद्ध रहेर विभिन्न सामाजिक काम गर्दे आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.