पाण्डबखानीमा बादर र दुम्सीको आतंक : बीउ-बिरुवाहरु आउछ तर हामीलाइ खबर हुदैन !

सुरेश छन्त्याल, पाण्डबखानी २०७६ साउन ११ । गल्कोट नगरपालिका १० पाण्डबखानीमा बाँदर र दुम्सीले किसानहरुको मुख्य बाली मकै, सिमी, कोदो, आलु लगाएत खाद्यान्न बाली खाएर सताउन थाले पछि कृषकहरु आजित परेका छन् । उनिहरुको विहान र बेलुकी बादर र दुम्सीलाइ हेर्ने र लखड्ने नियमित काम बनेको छ।

वर्षायाममा खेतिपाती गर्ने, मेलापात जाने, घास काट्ने काम छोडेर बादर र दुम्सी लखड्ने काम भएको स्थानीय चन्द्र बहादुर श्रीसले बताए । त्यस्तै आफुहरुले लगाएको खेती बादर र दुम्सीले सताउन थाले पछि हामीले परिश्रम गरि लगाएको बाली यसरी खाइदिदा अब हाम्रो मेहनत र लगानी खेर गएको स्थानीय कृषक रुद्र काउचाले बताए । नगरपालिका र वडाबाट कृषकहरुलाइ भनेर आएको बीउ विजन र बिरुवाहरु आउछ तर हामीलाइ खबर हुदैन भएता पनि ढिलो हुन्छ । आफुले भनेको जस्तो बिरुवा पाइदैना स्थानीयहरुको गुनासो रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.