बागलुङ ईजलासका तीन न्यायाधीशहरुको सरुवा !

कोपीला कंडेल, बागलुङ २०७६ साउन ११ । उच्च अदालत पोखरा बागलुङ ईजलासका तीनजना न्यायाधीशको सरुवा भएको छ । बागलुङ ईजलासमा कार्यरत न्यायाधीश हरि प्रसाद पौडेल शकुन्तला घिमिरे सहित यस अगाडी काजमा बुटवल गएका मुख्य न्यायाधप्श शेषराज सिवाकोटीको समेत सरुवा भएको रजिस्ट्रार ध्रुव कुमार ढकालले जानकारी दिए ।

न्यायाधीश व्दय पौडेल र घिमिरेलाई उच्च अदालत पोखरा बागलुङ ईजलास र उच्च अदालत बार एशोसिएसन बागलुङ लगायतका बिभिन्न कानुन सम्बद्ध संघसंस्थाले बिदाई गरेका छन् ।

केही दिन अगाडी दुई बर्ष पुगेका न्यायाधीशहरुको सरुवा गर्ने मन्त्रिपरिषदको निर्णय अनुसार बागलुङका तिन न्यायाधीशको सरुवा भएको अदालतले जनाएको छ ।

नयां आर्थिक बर्ष शुरु भएको तेस्रो दिन न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उच्च अदालतमा कार्यरत ७८ जना र जिल्ला अदालतका १ सय ५६ जना न्यायाधीशको सरुवा गरेका थिए ।

त्यसैगरी उच्च अदालत पोखरा बागलुङमा मुख्य भई काम गर्न बुटवलबाट मोहन बहादुर कार्की र अन्य दुई न्यायाधीश बिशेष अदालतबाट व्दारिकामान जोशी र दिपायल उच्च अदालतबाट मुनेन्द्र अवस्ती आएको रजिस्ट्रार ढकालले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.